साउने संक्रान्तिः आगोको राँको बालेर लुतो फालियो

दुनै, साउन १ । आज देशभर साउने संक्रान्ति विभिन्न तरिकाले मनाइँदैछ। यो दिन लुतो फाल्ने चलन छ। डोल्पाका गाउँगाउँमा घरको छतमा आगोको राँकाे बालेर साउने संक्रान्ति मनाइएको छ । साउन १ गतेका दिन साँझ ७ बजेपछि घरका छतछतमा आगोको राको बालेर लुतो फालिएको छ।

घरको छतमा कोलो बाख्रा र कुखुराको बली दिने प्रचलन पनि छ। छतका आगोको राँको बालेर सपरिवार एक गाउँकाले अर्को गाँउका मानिसहरूलाई आफनो रोग व्यथा सबै जाओस् भनेर गाली पनि गर्ने प्रचलन छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!