टी–२० क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तानबीच खेल नहुने

काठमाडौं, साउन २ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले अष्ट्रेलियामा हुने टी–२० क्रिकेट विश्वकपको कार्यक्रम सार्वजनिक गरेको छ । मिनि विश्व कपका रुपमा समेत चिनिएको टी–२० वल्र्ड कप आगामी १८ अक्टुबरदेखि १५ नोभेम्बरसम्म चल्नेछ । विश्वकपका लागि सात वटा टीमले सोझै क्वालिफाई गरेका छन् ।

यो प्रतियोगितामा भने जम्मा १२ टीम सहभागी हुनेछन् । यिनीहरुलाई सुपर १२ नाम दिइएको छ । सोझै छनौट भएका टीममा भने आयोजक अष्ट्रेलिया, भारत, पाकिस्तान, इंग्ल्याण्ड, साउथ अफ्रिका, वेष्ट इण्डिज र अफगानिस्तान रहेका छन् । बंगलादेश र श्रींलंकालाई भने यो प्रतियोगिताका लागि क्वालिफाई खेल खेल्नुपर्नेछ ।

आईसिसीले १२ वटा टीमलाई ६–६ को दुईवटा समूहमा बाँडेको छ । तर पहिलो चरणमा भने भारत र पाकिस्तानबीच खेल नहुने भएको छ । आइसीसीले भारत र पाकिस्तानलाई बेग्लाबेग्लै समूहमा राखेको छ ।

यस्तो छ टीमको संरचना

ग्रुप ए
पाकिस्तान
अस्ट्रेलिया
न्यूजिल्याण्ड
वेस्टइंडीज
क्वालीफायरको ग्रुप ए विजेता
ग्रुपको उपविजेता टीम

ग्रुप बी को टिम
भारत
इंग्ल्याण्ड
साउथ अफ्रीका
अफगानिस्‍तान
क्वालीफायरको ग्रुप ए विजेता
ग्रुपको उपविजेता टिम

कमेन्ट गर्नुहोस्

error: Content is protected !!