‘सोच’ को टिजर सार्वजनिक, भदौ २० गते चलचित्र प्रदर्शनमा आउने तयारी

काठमाडौ‌ं, साउन ५ । एक्शन लभस्टोरी चलचित्र ‘सोच’को टिजर सार्वजनिक गरिएको छ ।

पूजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेको फिल्मको टिजरमा प्रज्वल गिरी, निता ढुंगाना, पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ । भदौ २० गते प्रदर्शन हुने फिल्ममा प्रज्वल, निता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन् ।

गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र रामजी लामिछाने र पूजन सिंहको कोरियोग्राफी छ । बिदुर पाण्डेले खिचेको फिल्मको कथा निर्देशक पुजनकै हो भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् । चलचित्रले भरपुर मनोरन्जनका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउछन् । फिल्मलाई देशभर आरआर फिल्मस्ले बितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!