विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामासहित तीन कार्यकर्ता पक्राउ

काठमाडौं, साउन ५ । विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य माइला लामासहित तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीले उनलाई शनिवार राती १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको महनगरीय प्रहरी अपराध महाशाखाका टेकुका एक अधिकारी बताए । उनीसँगै पक्राउ परेकामा काभ्रे जिल्ला घर भइ हाल लाजिम्पाट बस्ने वर्ष ३०का रेशम भनिने कान्छा तामाड, कागेश्वर मनहरा घर भई काँडाघारी बस्ने डोलेन्द्र भट्टराइलाई समेत रहेका छन् ।

नागार्जुन नगरपालिका घर भई हाल काँडाघारी बस्ने माइला लामा यस अघि नख्खु, अनामनगर, सुकेधारमा भएका विष्फोटका घटनामा संलग्न रहेको प्रहरीको दावी छ । यसअघि पूर्व माओवादीका संस्कृतिक विभाग प्रमुख रहेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!