प्रधानमन्त्री ओलीलाई प्रितम र आयुषले सुनाए गीत

काठमाडौं, साउन ४ । भारतीय टिभी रियालिटी शोमा दोस्रो र चौथो स्थान प्राप्त गरेका बालगायक प्रितम आचार्य र आयुष केसीले प्रधानमन्त्री ओलीलाई भेटेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका हुन् । भेटमा ओलीले दुवै बालकको आवाजमा गीत सुनेका थिए ।

गीत सुनेपछि प्रधानमन्त्री ओलीले प्रितम र आयुषलाई राम्रो पढ्न र संगीतको साधनमा लाग्न सुझाव दिएको भेटमा सहभागी गायिका एवं राष्ट्रिय सभा सांसद कोमल ओलीले जानकारी दिइन् ।

भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो सारेगमप लिटल च्याम्प्स’ मा प्रितम सेकेण्ड रनर अप बनेका थिए भने आयुष केसी चौथो बनेका थिए । भारतीय च्यानलमा भएको प्रतिस्पर्धामा उच्च स्थान हासिल गरेपनि केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन्।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको ट्वीटमा यस्ता आए प्रतिक्रिया

कमेन्ट गर्नुहोस्

error: Content is protected !!