कथाः प्रेम, स्वार्थ र घमण्ड

एकजना केटी आँखा देख्न नसक्ने थिई । उसलाई आफूले आँखा देख्न नसक्ने भएकोमा हीनताबोध हुन्थ्यो । तर उसलाई एकजना केटाले असाध्यै माया गर्थ्यो । केटाले उसलाई हरेक ठाउँमा, हरेक कामको लागि सहयोग गर्थ्यो । उसले विवाहको लागि बारम्बार प्रस्ताव राख्थ्यो । तर केटीले आफूले आँखा नदेख्ने भएका कारण घरजम गर्न नचाहने जवाफ दिन्थी ।

एकदिन अस्पतालबाट केटीलाई आँखा दान गर्ने व्यक्ति भेटिएको खबर आयो । केटी खुशी भई । उसले त्यही केटासँग घरजम गर्ने सपना देख्न थाली । अस्पतालमा आँखा प्रत्यारोपण भयो । ऊ अब देख्न सक्ने भई । उसलाई भेट्नको लागि केटा पनि आयो । तर, ऊ अचम्भित भइ, केटा त देख्न नसक्ने थियो ।

केटाले उसको हात समाउँदै भन्यो , “तिमी अब त आँखा देख्ने भयौ । अब हामी विवाह गर्न सक्छौं नि ! ” केटी जंगिदै भनी , “तिमी आँखा देख्न नसक्ने रहेछौ । तिमीले अहिलेसम्म बताएको पनि थिएनौ । फेरी, म संसार देख्ने भइसकें, आँखा नदेख्नेसँग म विवाह गर्न सक्दिनँ ।” तर, वास्तवमा त्यो केटाले नै केटीलाई आँखा दान दिएको थियो ।

संसार देख्ने घमण्ड गर्ने हामीहरुले मनको आँखा, मानवताको आँखालाई बन्द गरिरहेका हुन्छौं । मानवता, भावना र प्रेमलाई व्यक्तिको शारीरिक अवस्था, लिङ्ग, वर्गको आधारमा मूल्यांकन गर्छौं । त्यस्तै, जब हामी जीवनमा कुनै एउटा खुड्किलो उक्लिंछौँ, हामीले हाम्रो धरातल बिर्सिन्छौँ । रेडियो मितेरीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!