यी हुन् बलिउडका सर्वाधिक गोरी ८ अभिनेत्री

गोरो र सुन्दर हुनु हरेकका ईच्छा हुन्छ । कहिलेकाहीँ आफ्नो रङ कालो भएकै कारण मानिसहरुका आत्मविश्वास कम हुन्छ । भारतीय सिनेमा जगतका केही अभिनेत्रीहरु प्राकृतिकरुपमै अत्यन्तै सुन्दर छन्, जसलाई सर्जरीको कुनै आवश्यकता परेन र उनीहरुले कुनै सर्जरी पनि गराएनन् । केही अभिनेत्रीहरु भने यस्ता पनि छन्, जसले आफ्नो पहिलेको सुन्दरतामा निखारता ल्याई अझ सुन्दर देखिनको लागि सर्जरीको मद्दत लिए ।

बलिउड उद्योगमा थुप्रै अभिनेत्रीहरु जस्तै काजोल, शिल्पा शेट्टी, प्रियंका चोपडा लगायतका अभिनेत्रीहरुले फेयर कम्प्लेक्सनको लागि स्किन लाइटनिङ ट्रिटमेन्टको सहारा लिईसकेका छन् । त्यस्तै, केही अभिनेत्री यस्ता पनि छन् जो पहिलेदेखि नै निकै गोरो थिए । उनीहरु यतिसम्म गोरी र सुन्दर छन् कि सुन्दर देखिनको लागि मेकअपको कुनै आवश्यकता पर्दैन । आज हामी तपाईलाई बलिउडका ती अभिनेत्रीहरुका बारेमा अवगत गराउँदै जो बलिउडका सबैभन्दा गोरी अभिनेत्रीमा पर्छन् ।

याे पनि पढ्नुस  चलचित्र ‘गुलाबो सिताबो’मा अमिताभको यस्तो छ लुक्स

करीना कपूर

बलिउडकी बेगम करीना कपूरको गन्ती बलिउडको सबैभन्दा गोरी अभिनेत्रीमा हुन्छ । उनको रङ कागज जस्तै सेतो छ र चेहरामा एक पनि दाग धब्बा छैन ।

आलिया भट्ट

आफ्ना हरेक फिल्ममा अभिनयको जादू छर्ने अभिनेत्री आलिया भट्ट अहिले बलिउड इन्डस्ट्रीको नं.१ हिरोईन हुन् । उनले ‘हाईवे’, ‘डियर जिन्दगी’, ‘हम्प्टी शर्मा की दुल्हनिया’ जस्ता फिल्ममा उत्कृष्ट अभिनय गरेकी छिन् । गत मे महिनामा रिलिज भएको उनको फिल्म ‘राजी’ बक्स अफिसमा सुपरहिट साबित भएको थियो । आलिया सुन्दर हुनुको साथै उनको पनि रङ दूधजस्तै सेतो छ ।

मोनिका बेदी

अन्डरवर्ल्ड डन अबु सलेम र अभिनेत्री मोनिका बेदीको अफेयर लामो समयसम्म चर्चाको केन्द्र बनेको थियो । प्रहरीले गिरफ्तार गरेपछि मोनिका बेदीले पनि अबु सलेमसँगै जेलमा सजाय भोगेकी थिईन् । अहिले उनले आफ्नो सजाय काटेकी छिन् र बलिउडमा पुनरागमन गरेकी छिन् । मोनिका बेदी पनि बलिउडको सबैभन्दा गोरी अभिनेत्रीमा पर्छिन् ।

याे पनि पढ्नुस  बलिउड अभिनेत्री महिमा चौधरी भन्छिन्, ‘म गोर्खाली हुँ, मलाई तितौरा मनपर्छ’

अनुष्का शर्मा

अनुष्का शर्मा अहिले बलिउडकी शीर्ष अभिनेत्री बनेकी छिन् । उनी गतवर्षको अन्त्यतिर क्रिकेटका सम्राट विराट कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन् । अनुष्का शर्माको सुन्दरताको चर्चा गर्ने हो भने उनी निकै सुन्दर छिन् र उनको रङ दूधजस्तै बिल्कुल सेतो छ ।

ज्याकलिन फर्नान्डिज

अब यस सूचीमा अर्को नाम आउँछ श्रीलङ्काकी सुन्दरी ज्याकलिन फर्नान्डिजको । ज्याकलिन फर्नान्डिज अहिले बलिउडको लोकप्रिय र प्रसिद्ध अभिनेत्री बनेकी छिन् । आफ्नो छोटो फिल्मी करियरमा उनले ठुलाठुला चर्चित बलिउड सुपरस्टारहरुसँग काम गरिसकेकी छिन् । ज्याकलिन सुन्दर हुनुको साथै उनको नाम बलिउडको सबैभन्दा गोरी अभिनेत्रीहरुका सूचीमा पनि सामेल छ ।

याे पनि पढ्नुस  चलचित्र ‘गुलाबो सिताबो’मा अमिताभको यस्तो छ लुक्स

तमन्ना भाटिया

मुम्बईमा जन्मिएकी अभिनेत्री तमन्ना भाटिया दक्षिण भारतीय चलचित्र उद्योगमा कहलिएकी अभिनेत्री हुन् । उनले साउथका थुप्रै फिल्महरुमा अभिनय गरेकी छिन् । तमन्नाले बलिउड फिल्ममा पनि काम गरेकी छिन् । उनी साउथकी सबैभन्दा गोरी अभिनेत्री हुन् ।

करिश्मा कपूर

करिश्मा ९० को दशकको प्रसिद्ध अभिनेत्री हुन् । बहिनी करीना कपूरजस्तै उनकी दिदी करिश्मा कपूर पनि निकै गोरी छिन् । ४४ वर्षको उमेरमा पनि करिश्मा अत्यन्तै सुन्दर देखिन्छिन् ।

कट्रिना कैफ

कट्रिना कैफ दुनियाँको सबैभन्दा सुन्दर र प्रसिद्ध अभिनेत्रीमध्ये एक हुन् । कट्रिना कैफको सफलता सलमान खानको ठुलो हात छ । सलमान खानले नै उनलाई बलिउडमा ठुलो ब्रेक दिएका थिए । उनी यस समय बलिउडकी सर्वश्रेष्ठ अभिनेत्रीमध्ये एक हुन् । कट्रिनाको पनि कम्प्लेक्सन रुवाजस्तै सेतो छ। एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!