भारतीय मिडियामा राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना

काठमाडौं । भारतीय सञ्चारमाध्यममा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको चर्चा छ । जहाँ हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरिएको छ।

भारतीय सञ्चारमाध्यम आजतकले ‘यी हुन् नेपाली फिल्म बजारका अमिताभ बच्चन’ शीर्षकमा राजेश हमालका सम्बन्धमा लेख प्रकाशित गरेको छ।

लेखमा भारतमा अमिताभको जस्तै नेपालमा महानायक हमालको क्रेज रहेको उल्लेख छ। लेखमा महानायक हमालको करिअर ग्राफलाई प्रस्तुत गरिएको छ। ढिला विवाह गरेका हमालको वैवाहिक जीवनसमेत लेखमा प्राथमिकतामा छ। जहाँ हमालले २२ वर्ष कान्छी श्रीमती मधु भट्टराईसँग विवाह गरेको प्रसंग रोचक छ।

सन् २००४ मा आयोजित ‘लक्स ब्युटि स्टार’ कार्यक्रममा भेट भएको हमाल र मधुको जोडी १० वर्षसम्म प्रेम सम्बन्धमा थिए। उनीहरू सन् २०१४ मा बिवाह बन्धनमा बाँधिएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!