बलिउड फिल्म ‘जजमेन्टल’माथि थीम चोरीको गम्भीर आरोप

मुम्बई । गायक प्रकाश सपुतले शम्भु राईको गीत चोरेको आरोपले निम्त्याएको विवाद नेपालमा साम्य भएको छ । भारतको बलिउडमा भने अहिले त्यस्तै अर्को विवादले जन्म लिएको छ ।

हालै मात्र रिलिज भएको चलचित्र जजमेन्टल है क्या ? नामक चलचित्रमाथि यूरोपियन कलाकार फ्लोरा वर्सीले चोरीको आरोप लगाएका हुन । राजकुमार राव र कंगना रानावत अभिनित यो चलचित्रको एउटा पोष्टरमाथि विवाद सिर्जना भएको हो ।


कलाकार ले फेसबुकमार्फत जजमेन्टल क्या हैको पोष्टरको डिजाइन उनको एउटा चलचित्रको पोष्टरबाट लिइएको गम्भीर आरोप लगाएका छन् । उनले अनुमति बिना यस्तो गरिएको भन्दै फेसबुकमा दुबै तस्वीर सार्वजनिक गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!