व्यापार युद्धको असरः आइफोनको बिक्री घटेसँगै कम्पनीको नाफा १३ प्रतिशतले घट्यो

काठमाडौं । प्रख्यात कम्पनी एप्पलको नाफा गत दुई महिनामा निकै घटेको छ ।

एप्पलले जारी गरेको त्रैमासिक रिपोर्ट अनु्सार, गत अप्रिल र जुनमा कम्पनीको नाफा १३ प्रतिशतले घटेर १०.०४ अरब डलरमा सीमित भएको हो । गतवर्ष जुन त्रैमासिकमा यसलाई ११.५ अर्ब डलरको नाफा भएको थियो ।

एप्पलको सर्वाधिक बिक्री हुने उत्पादन आईफोनको बिक्रीमा १२ प्रतिशतले ले ह्रास आएको कारण नाफा कम भएको बताइएको छ । यो वर्ष त्रैमासिकमा एप्पल आइफोनको बिक्रीबाट २५.९९ अर्ब डलरको आय थियो । जबकी गतवर्ष भने एप्पलको आइफोनको बिक्रीबाट कम्पनीले २९.४७ रुपैयाँ आय गरेको थियो ।

कुनै बेला प्रमुख बजारका रुपमा चिनिने चीनमा एप्पलका सामानको बिक्री ४ प्रतिशतले घटेको छ । गत जनवरी मार्चमा भने यो बिक्रि २० प्रतिशतले घटेको थियो । अमेरिकासँग चीनको व्यापार विवाद चुलिँदै गएपछि एप्पल कम्पनीलाई समेत सो को असर परेको बताइन्छ ।

एप्पलले आउँदो अगस्तमा एप्पल क्रेडिट कार्ड बजारमा ल्याउँदै छ । एप्पल र गोल्डमेन स्याक्सले संयुक्तरुपमा कार्ड लन्च गर्ने भएका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!