मनछुने स्टाटस लेख्दै दिया मिर्जा र साहिलले तोडे ११ वर्षको सम्बन्ध

मुम्बई । सम्बन्धविच्छेद हुँदा एकले अर्कोमाथि आरोप लगाउने परिपाटी चल्दै आएको बेला बलिउड कलाकार दिया मिर्जाले भने निकै सम्मानित वक्तव्यसहित श्रीमानसँग अलग भएको घोषणा गरेकी छिन् ।

हाल निर्माताको भूमिकामा देखिने कलाकार दीया मिर्जा र उनका श्रीमान साहिल सांघाले संयुक्तरुपमा सम्बन्धविच्छेद भएको जानकारी दिएका हुन ।

१८ अक्टुबर २०१४ का दिन उनी दुबैले बिहे गरेका थिए । उनीहरुबीच ११ वर्षदेखि सम्बन्ध थियो । बिहेअघि दुबै व्यवसायिक साझेदारसमेत थिए ।

साहिल र दिया मिर्जाले संयुक्तरुपमा सामाजिक सञ्जालमार्फत अलग हुने निर्णय गरेको जानकारी गराएका हुन । “११ वर्षसम्म सँगै जिन्दगी बिताएपछि हामी दुबैले सहमतिका साथ अलग हुने निर्णय गरेका छौं । हामी साथी रहिरहनेछौं र हामीबीचको प्रेम र सम्मानको सम्बन्ध अझै पनि कायमै रहनेछ ।” उनीहरुले लेखेका छन्, “हामीहरुको जीवनयात्रा अलग अलग बाटोतर्फ मोडिएपनि हामीबीचको एउटा बन्धनका लागि हामी सधैं एकअर्काप्रति आभारी रहनेछौं ।”

उनीहरुले निरन्तर प्रेम र समर्थनका लागि आफ्ना परिवार, साथीभाई र मिडियालाई धन्यवाद दिएका छन् । साथै यो विषयमा अब कुनै टिप्पणी नगर्ने समेत बताएका छन् ।

दियाले अन्तिमपटक राजकुमार हिरानीको चलचित्र सन्जुमा रणबीर कपूरसँग अभिनय गरेकी थिइन । वर्ष २००१ मा उनले बलिउडमा डेब्यू गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!