सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, साउन १९ । सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय पुगेको हो।

शुक्रबार ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ५ सयले बढेर अहिलेसम्मकै उच्च पुगेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलाको ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  किन बढ्दैछ सुनको मूल्य? यी हुन् मूल्य वृद्धिका ६ कारण
error: Content is protected !!