सुनको मूल्‍यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं, साउन २० । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन तोलामा १५ सय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।

आइतबार तोलामा ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ६७ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ७ सय ९५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिका र चीन बीचको व्यापार युद्धको असर अन्तर्राष्ट्रिय शेयर बजारमा पर्दा सुनको भाउ आकाशिएको व्यवसायीको भनाइ छ। मूल्य बढेपछि किन्नेभन्दा विक्री गर्ने ग्राहक बढेका महासंघले जनाएको छ।

याे पनि पढ्नुस  किन बढ्दैछ सुनको मूल्य? यी हुन् मूल्य वृद्धिका ६ कारण

कमेन्ट गर्नुहोस्

error: Content is protected !!