अन्तराष्ट्रिय बैंकिङ बजार, संख्या र नेपालको बैंकिङ अवस्था

काठमाडौं, साउन २० । संघीय संरचना अनुरुप नेपालको अर्थतन्त्रले धान्न सक्ने बैक तथा वित्तीय सस्थांको संख्या चाहिनेभन्दा बढी देखिन्छ ।

नेपाल राष्ट्र बैकले आर्थिक बर्ष २०७४–०७५ को मौद्रिक नीति मार्फत प्रत्येक स्थानीय तहमा एक बैकको शाखा अनिवार्य खोल्ने निर्देशन दिएता पनि पूर्णरुपमा कार्यन्यवन भइसकेको छैन । केही स्थानिय तहहरुमा वाणिज्य बैंकको शाखा पुग्न नै बाकीं रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । तथापी कुन स्थानीय तहमा कति संख्यामा बैंकको शाखा आवश्यकता हो भन्ने कुराको गहिरो अध्ययन भने भएको पाइँदैन ।

सरकार तथा राष्ट्र बैंकले हाल नेपालको अर्थतन्त्रमा आवश्यताभन्दा धेरै बैंकको संख्या भएको ठहर गरी बिग मर्जर नीति लिएको छ । सरकार तथा राष्ट्र बैंकले नेपालका बैंक वित्तीय सस्थाको संख्या कतिले घटाएर कति पुर्याउन खोजेको हो प्रष्ट भने छैन । नेपालमा २८ वटा वाणिज्य बैंक छन् भने ११ वटा राष्ट्रियस्तरका विकास बैंक रहेका छन् । यी ३९ बैंकहरु वाणिज्य बैंक नै हुन् भन्दा हुन्छ । यिनीहरुमा केही फरक नै छैन । काम उही हुन्छ । यत्ति फरक छ, विकास बैंकहरुले एलसी खोल्दैनन् भने वाणिज्य बैंकहरुले एलसी खोल्छ । केही वाणिज्य बैंकले धेरै एलसी खोलेका हुन्छन् भने कुनैले थोरै । यो देखी बाहेक सबै विकास बैंक र विकास बैंक समान छन् ।

याे पनि पढ्नुस  छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका २९ जना पक्राउ

२ करोड ९० लाख जनता छन् हाम्रो देशमा । यी जनताहरुलाई ३९ वटा बैंकहरु भाग गर्दा, साढे सात लाख भन्दा बढि जनताका लागि एउटा बैंक हुन आउछ । विश्वका कतिपय देशसंग हाम्रो देशमा भएका बैंकहरु तुलना गर्दा यो संख्या धेरै हुन्छ । जस्तै स् भारतमा एउटा बैंकले १ करोड ५५ लाख भन्दा बढिलाई सेवा दिन्छ । हामीभन्दा १० गुना ठुलो अर्थव्यवस्था भएको बंगलादेश ३० लाख, पाकिस्तानमा ४४ लाख, इन्डोनेसियामा २५ लाख जनताको लागी १ वटा बैंकले सेवा सुविधा दिएको छ । अमेरिका, चीन लगायतका देशलाई हेर्दा पनि नेपालमा बैंकको संख्या धेरै छ ।

याे पनि पढ्नुस  नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’

त्यस्तै, शाखामा पनि हाम्रो लघुवित्त समेत गरेर हामीसँग ८ हजार भन्दा बढि शाखा छन् । साढे ३ हजार जनताको लागि १ वटा शाखा भागमा पर्छ । तर, १ वटा बैंकले साढे ७ लाख जनतालाई पनि पुर्णरुपमा सेवा दिन सकेको छैन । सानो सानो बजारमा पनि बैंकहरुको शाखा ८ देखी १२ वटा सम्म हुन्छ । कुनै ठाँउमा १ वटा विल्डिङ्गमा नै ३–४ वटा बैंक वित्तीय संस्थाहरुको शाखा हुन्छन् । कुनै शाखामा त दिनमा २–३ कारोबार पनि भएको हुदैन ।

याे पनि पढ्नुस  काठमाडौंमा दिउँसै चोरी, राख्न थालियो घरघरमा सुरक्षा गार्ड

सरकार, राष्ट्र बैंक लगायत अन्य सरोकारवालाहरुले बैंकको संख्या धेरै भयो एत्तिकै भन्या होइनन् । यो धेरै नै भएको हो । त्यसैकारण पनि बैंक धेरै नै भएका छन् । त्यसैकारण अहिले वित्तीय सुदृढिकरण मुलुकको आवश्यकता हो । हामी सबैंले यसमा सहयोग गर्नुपर्छ । बैंकिङखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!