हिरासतबाट भाग्न अपनाएको यस्तो जुक्तिले दुनियाँलाई बनायो चकित

ब्राजिल, साउन २१ । अपराध गर्नेहरु वास्तवमा धेरै चलाख हुन्छन् । उनीहरु हरेक जुक्ति लगाएर आफ्नो कार्य सफल गर्ने सोचमा हुन्छन् । ब्राजिलका एक लागुपदार्थ तस्कर महिलाको अवतारमा पक्राउ परेका छन् ।

रियो दि जेनेरियोको एक कारागारमा लागुपदार्थ तस्करीमा जेल सजाय कटाइरहेका ती व्यक्ति महिलाको अवतारमा जेलबाट भाग्न खोज्दा पक्राउ परेका हुन् । ब्राजिलका प्रहरीले एक भिडियो सार्वजनिक गरेको छ ।

जहाँ ती ४२ वर्षमा व्यक्ति महिलाको नक्कली अवतारमा देखिएका छन् । उनी क्लाभिनो डा। सिल्भा भएको बताइएको छ । सिल्भा ७३ वर्षको जेल सजाय भोगिरहेका छन् । दश वर्षमात्र जेल सजाय काटेका सिल्भा भेट्नलाई उनका १९ वर्षकी छोरी आएकी थिइन् ।

याे पनि पढ्नुस  यात्रु बस बन्धक बनाउने व्यक्तिको प्रहरी कारवाहीमा मृत्यु

छोरीले नै सिल्भालाई महिलाको अवतारका सामाग्रीहरु ल्याइदिएको प्रहरीले बताएका छन् । सिल्भाकी छोरीसमेत कारवाहीको घेरामा भएको बताइएको छ । सिल्भाले महिला बन्न प्रयोग गरेका सामाग्री लगाउँदा उनी झन्डै छोरीजस्तै देखिएको प्रहरीले बताएको छ । तर हिँडाई र शरीरको बनावट अस्वभाविक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!