शिक्षकलाई ‘प्रेम बिदा’ दिने स्कुल

बेइजिङः चिनको एक विद्यालयले स्कुलका एकल शिक्षकहरुलाई ‘प्रेम बिदा’ अर्थात ‘लभ लीभ’ दिने भएको छ ।

चिनमा रहेको डिङलाङ एक्सपेरिमेन्टल मिडल स्कुलले २०१९ को जनवरी १५ देखि यस्तो बिदाको सुरु हो ।

आफ्नो प्रेमी प्रेमिकाका लागि समय निकाल्न सकोस् भन्ने दृष्टिकोणबाट यो स्कुलले ‘लभ लीभ’ को व्यवस्था गरेको बताएको छ ।

चीनको जेजियाङ सहरमा रहेको यो मध्यम स्कुलमा प्रत्येक महिना शिक्षकलाई साढे २ दिनको बिदा दिइन्छ । जसलाई ‘लभ लीभ’ भन्ने गरिएको छ ।

‘लभ लीभ’ खासगरी एकल शिक्षकका लागि हो । तर जुन शिक्षकको परिवार छ उनीहरुलाई पनि स्कुलले ‘फेमिली लीभ’ दिएको छ ।

याे पनि पढ्नुस  सम्पत्ति हैन प्रेमिका भन्दै ४३ वर्ष अदालत धाएका सत्यनारायणलाई जित्याे मृत्युले, एउटा मार्मिक सम्बन्धकाे यस्ताे कथा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!