आत्महत्या अघि आँसु झार्दै १३ मिनेटको भिडियो बनाएका थिए पुडासैनीले, रवि लामिछानेमाथि संगीन आरोप

काठमाडौं, साउन २२ । चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका
पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको बताएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

पत्रकार पुडासैनीले भिडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लगाएको हो। अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरीमा ८ र ५ मिनेट गरी जम्मा १३ मिनेटको सेतो भेष्ट लगाएर बिस्तारामा सुतेर रुदै सेल्फी खिचेको भिडियो भेटिएको पारिवारिक स्रोतको दावी छ।

१३ मिनेट लामो भिडियो सन्देश कंगारु होटलकै बिस्तारामा सुतेर लिइएको भन्दै परिवारले हत्या वा आत्महत्याबारे स्पष्ट छानविन गर्न प्रहरीमा किटानी जाहेरी दिएका छन्। नयाँ भिडियो सार्वजनिक भएपछि परिवारले सन्देशमा उल्लेख भएका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको छ। मृतक पुडासैनीले भिडियोमा आत्महत्या रोज्नुको बाध्यताबारे प्रष्ट जानकारी दिएको परिवारको दावी छ।

याे पनि पढ्नुस  चितवनमा सर्वदलिय बैठक, अराजक प्रदर्शन र ताेडफाेडजन्य काम राेक्ने निर्णय

यस्तो छ पुडासैनीको आत्महत्याको भिडियो सन्देश

मलाई रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै टर्चर दिनुभयो। उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाई कममात्र पैसा दिने। पछि मलाई अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए। तर त्यही क्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि। र पछिसम्म मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने रणनीति बनाउनु भयो। त्यसकारण म अब संसारमा यस्तैगरि बाँचिरहन चाहन्न।

यस्तै मृतक पत्रकार शालिकराम पुडासैनीका आफन्तसमेत रहेका नेपाली कांग्रेस नुवाकोटका नेता लेखनाथ मुडभरीले पनि रवि लामिछाने र सिधाकुरा जनतासँग टिमको तनावका कारण आफूले आत्महत्या गरेको भिडियो नै मोबाइलमा भेटिएको उनले बताए। पुडासैनीले उक्त भिडियो सन्देशसँगै आफूले संसार छाड्न चाहेको बताएका छन्।

याे पनि पढ्नुस  भरतपुरको चौविस कोठीदेखि मालपोतसम्म प्रदर्शन गर्न निषेध

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए। पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाई सोमबार राति नै खबर गरेपछि उनीहरू चितवन गएका थिए। उनी नाइलनको डोरी पङ्खामा पासो लगाएर झुण्डिएका थिए।

लामो समय रवि लामिछानेसँग सिधा कुरा जनतासँग कार्यक्रममा काम गरेका पुडासैनी केहीसाता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका थिए। उनी टेलिभिजनको उच्च व्यवस्थापनसँग सीधा सम्पर्क गरी मिसन न्युजमा काम गर्न पुगेका थिए। उक्त कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उनैले लिएका थिए। चितवन पनि उनी रिपोर्टिङकै लागि पुगेका थिए।

याे पनि पढ्नुस  अदालतमा रविसहित ३ जनाको बहसः सरकारी वकिलले मागे १० दिनको म्याद थप

तत्काल भिडियो सन्देश सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुने भएकाले प्रहरीले भिडियो सन्देश सार्वजनिक गरेको छैन। प्रहरी स्रोतले भन्यो, ‘हामी अनुसन्धानकै क्रममा छौं। प्रहरीले अनुसन्धान फेला पारेका सबै चीज सार्वजनिक गर्न मिल्दैन, सत्यतथ्य पत्ता लगाउन हामीले गहिरो अनुसन्धान गर्छौं र त्यसपछि मात्र वास्तविकता बाहिर ल्याउँछौं।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!