ट्टिवरमा सुष्मा स्वराजका लाखौं फलोअर्स तर आफूले न कसैलाई फलो गरिन् न त लाइक नै !

नयाँ दिल्ली । भाजपा नेता तथा पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मंगलबार राती निधन भएको छ । ६७ वर्षको उमेरमा उनको एम्स अस्पतालमा निधन भएको हो ।

मोदी सरकारमा विदेश मन्त्रीको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी सुष्माका बारेमा एउटा नयाँ तथ्य सार्वजनिक भएको छ ।

भारतीय मिडिया पत्रिका डटकमका अनुसार, ट्विटरमा सधै सक्रिय रहने सुष्माले यसकै माध्यमबाट भारतको विदेश मन्त्रालयको मुख्य काम गरिन । हजारौं मानिसलाई सहयोग समेत गरिन । त्यसैले पनि ट्विटरमा उनका लाखौं फलोआर थिए । तर उनले भने यो अवधिमा न कसैलाई फलो गरिन न त लाइक नै ।

ट्टिवर अकाउण्टमा सुष्मा स्वराजका १३.१ मिलियन अर्थात १ करोड ३१ लाख फलोअर्स छन् । तर उनको प्रोफाइल हेर्दा उनले भने कसैलाई फलो गरिएको देखिँदैन ।

यहाँसम्म कि प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको आधिकारिक ट्विटर हेण्डललाई समेत उनले फलो गरेकी छैनन् ।

तर स्वराजमा भने ट्विटरमा मानिसहरुलाई सहयोग गर्ने नेताको रुपमा परिचित थिइन ।

मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री बनेकी सुष्माले विदेश मन्त्रालयको छवि नै परिवर्तन गरेकी थिइन । इराकमा फसेका नर्सदेखि दुबईमा धोका पाएका मजदूरहरुको उद्द्वार गर्न उनको विशेष भूमिका रहेको थियो । उनले ट्विटरमार्फत यसबारेमा सबैलाई सूचना दिने र लिने गर्दथिन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!