लौ यस्तो पनिः अष्ट्रेलियामा २२ पुरुषले जन्माए बच्चा

मेलबर्न, शीर्षक पढ्दा पत्यार लागेन होला । कसले पत्याउला पनि यस्तो कुरा । कतै पुरुषले पनि बच्चा जन्माउँछ त ?

तर पत्याउनै पर्ने भएको छ । अष्ट्रेलिया सरकारले जारी गरेका तथ्यांक अनुसार, गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जन्म दरसँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको हो । यो तथ्यांकमा २२ जना पुरुषले बच्चा जन्माएको उल्लेख छ ।

यी ती पुरुषहरु हुन जसले आफ्नो लिंग परिवर्तन गरेर महिलाबाट पुरुष बनेका थिए ।

याे पनि पढ्नुस  पुरुषले नै बच्चा जन्माएपछि....

यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपी एउटा घटनामा भने लिंग अननोन (थाहा नभएको) भनेर वर्गीकृत गरिएको थियो ।

पुरुषत्वलाई चुनौती

लिंग परिवर्तन गरेर केटीबाट केटा बनेपछि पनि बच्चा जन्माएपछि यो कुरालाई पुरुषत्वमाथि चुनौतीका रुपमा समेत कतिपयले लिएका छन् । विगतमा महिला भएपनि पुरुष लिंग भइसकेपछि फेरी बच्चा जन्माए भने त्यो साँच्चिकै पुरुष हुन नसक्ने उनीहरुको तर्क छ ।

तर मेलबर्न विश्वविद्यालयका एकजना प्रोफेसर भने पुरुषत्वको धारणा हरेकका लागि बेग्लै अनुभूतिका रुपमा देखिने बताए । सेक्स चेन्ज गरेर अप्रेसन गराएपछि आफूलाई पुरुष नै ठानेपनि उनीहरुका आन्तरिक सोच र स्वभाव पुरानै पुरातन हुन सक्छ । समाजले लिंग भूमिका यानि कि जेण्डरलाई हेर्ने धारणा मा नै परिवर्तन गर्नुपर्ने उनले बताए ।

याे पनि पढ्नुस  पुरुषले नै बच्चा जन्माएपछि....

अमेरिकामा समेत यस्तै घटना सार्वजनिक भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!