ब्राजिलका युवा स्टार जेससमाथि २ महिना प्रतिबन्ध

एजेन्सीः ब्राजिलका युवा स्टार ग्राबियल जेससमाथि अन्तराष्ट्रिय फुटबलमा दुई महिना प्रतिबन्ध लगाइएको छ । म्यानचेस्टर सिटीका फरवार्ड जेससलाई दक्षिण अमेरिकी फुटबल महासंघले दुई महिना प्रतिबन्ध लगाएको हो ।

कोपा अमेरिकाको फाइनलमा खेल भावनाविपरीत कार्य गरेको भन्दै उनलाई प्रतिबन्ध लगाइएको बताइएको छ । पेरुविरुद्धको फाइनलमा जेससले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए।

रेफ्रीले रातो कार्ड देखाएपछि जेससले मैदानमा रेफ्रीसँग विवाद गरेका थिए। यस्तै, मैदान बाहिर उनले असभ्य व्यवहार देखाएका थिए। उनले बाहिरिने क्रममा पानीको बोतललाई लात्तीले हिर्काएका थिए भने असभ्य बोल्दै बाहिरिएका थिए।

फाइनलमा जेससले एक गोल गरेका थिए। पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि जितेको थियो। उनलाई दुई महिनाको प्रतिबन्ध सँगै २५ हजार पाउण्ड जरिवाना समेत गरिएको छ। प्रतिबन्धपछि जेससले आगामी महिना हुने पेरु र कोलम्बियाबीचको खेल गुमाउने भएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!