धुर्मुस–सुन्तलीले चलचित्र बनाउने, फिल्मको नाम ‘सेन्टी भाइरस’

काठमाडौं । चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हाँस्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले लामो समयदेखि निर्माण गर्ने भनेको चलचित्रको औपचारिक घोषणा गरिएको छ ।

बुधबार राजधानीमा एक कार्यक्रमका बीच ‘सेन्टी भाइरस’ नाम जुराइएको चलचित्रको घोषणा गरियो । भदौ ३ गतेबाट छायांकन हुने चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् । सुरुवातमा चलचित्रको नाम ‘एन्टी भाइरस’ जुराइएको थियो ।

त्यसपछि ज्योतिषले ‘एस’ बाट नाम राख्न सुझाव दिएपछि ‘धुर्मुस–सुन्तली’ ले फिल्मको नाम ‘सेन्टी भाइरस’ बनाए । तर, केही दिनअगाडि फेरि फिल्मको नाम परिवर्तन गरेर ‘छलकपट’ राखिएको थियो । अन्ततः फिल्मको नामाकरण ज्योतिषले जुराएकै नामबाट गरिएको छ । ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

याे पनि पढ्नुस  ‘लक्का जवान’को मुहुर्त, काभ्रेमा छायांकन

फिल्ममा ‘धुर्मुस–सुन्तली’ स्वयंको प्रमुख भूमिका रहने छ । सामाजिक व्यंग्यमा निर्माण हुने फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहने कार्यक्रममा जानकारी गराएको छ । । रुपाकोट र पोखरामा छायांकन हुने फिल्मलाई निर्देशक गुरुङका विश्वासिला छायाँकार शैलेन्द्र डि. कार्कीले खिच्नेछन् ।

कलाकार धुर्मुसले सामाजिक कार्यमा व्यस्त रहँदा कलाकारितामा समय दिन नपाएको बताउँदै अब फिल्म अभिनयबाट पुनः कलाकारितामा फर्किएको बताए । ‘सेन्टी भाइरस’ को निर्माण लागत अनुमानित २ करोड रहेको उनको भनाई छ । उनले फिल्मको मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने पनि जानकारी दिए।

याे पनि पढ्नुस  ‘लक्का जवान’को मुहुर्त, काभ्रेमा छायांकन

राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहने यो चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गर्नेछन् भने सह–निर्मातामा फूर्पा लामा रहेका छन् । निर्देशक रामबाबुले फिल्मलाई उत्कृष्ट बनाउने प्रयत्न आफ्नो रहने बताए ।

त्यस्तै, कलाकार कुञ्जनाले बाल्यकालदेखि नै आफूलाई फिल्ममा अभिनय गर्ने रहर भएको बताउँदै अब ‘सेन्टी भाइरस’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!