चलचित्र ‘काँचुली’ आजबाट देशभर प्रदर्शनमा

बिजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुतिमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘काँचुली’ शुक्रबारबाट प्रर्दशनमा आउने भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काँचुली चलचित्रमा जीवनको एक यथार्थलाई समेटेर तयार गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताएका छन् ।

राजु लामा, राजेन्द्र बजगाईको, शंकर अधिकारी घायलको संगीतमा रहेको गीतमा गायिका सपनाश्री, नित्याशिवा, राजेन्द्र बजगाई, शम्भु रैकाको आवाज गीतमा रहेको छ । सुशील डाँगीको छायांँकन, देव महर्जनको द्वन्द, राजन महर्जन दिलिप राईको नृत्य रहेको छ । चलचित्रमा शुभेच्छा थापा, राजन महर्जन, रविनश्री, सुबास गजुरेल, शर्मिला शर्माको अभिनय रहेको छ ।

याे पनि पढ्नुस  ‘लक्का जवान’को मुहुर्त, काभ्रेमा छायांकन

नव प्रस्तुतिमा दिप कुलुङ, राजन श्रेष्ठ, अस्मि थापा, अन्जना ज्योती र गोविन्द लामालाई प्रस्तुत गरिएको छ । चलचित्र ‘काँचुली’ लाई तिरुपती फिल्मसले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!