शुक्रबार कस्तो छ सुनको मूल्य अवस्था ?

काठमाडौं ।साताको अन्तिम दिन अर्थात शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

बिहीबार सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने आज पनि सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।

यसैगरी, बिहीबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ सुनको भाऊ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!