यस्तो छ शरीरमा काँडा उठ्नुको कारण

कुनै बाह्य वातावरणको प्रभावमा हाम्रो शरीरमा रौँ उठ्छ, जाडोको बेला होस् वा तर्सेको बेला पनि हाम्रो शरीरको छालामा स–साना विमिरा देखिन्छ, जसलाई काँडा उठेको भन्ने गरिन्छ ।

शरीरमा काँडा डर वा लाजले पनि उठ्न सक्छ, यो कुरा सबैलाई थाहा नहुन सक्छ अन्तर्राष्टिय एउटा अध्ययनका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ ।

चिसो वा जाडोको बेला पनि काँडा उठ्ने अध्ययनले देखाएको छ । त्यस्तै, बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ । मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदाहुदाँ शरीरभित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कने गर्दछ जसले गर्दा रौँको फेदमा रहेको स–साना मांसपेशी खुम्च्याईदिन्छ र रौँको फेदका छालाको तन्तुहरु ठाडो र कडारुपमा माथि उठ्छ जसलाई काँडा उठेको भन्ने गरिन्छ ।

याे पनि पढ्नुस  सिंगापुरमा प्रधानमन्त्रीको स्वास्थ्यको थप परीक्षण

यस्तो काँडा मानिसमा मात्रै नभएर जनावरमा पनि देखिन्छ । जनावरहरु जब खतराको महसुस गर्छन तत्काल काँडा उठाई आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन । जनावरमा शरीरमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्न मदत गर्दछ । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!