पुस्तक पढ्दा पत्याउनै नसकिने फाइदा

पुस्तक पढ्नुका धेरै फाइदा छन्। त्यसमध्ये एउटा हो तनाव व्यवस्थापन। बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्ने जानकारहरू बताउँछन्।

पुस्तकले तनाव बिर्सिन मद्दत गर्न सक्छ। यसरी तनावग्रस्त मानिसको उपचारका लागि पुस्तक पुस्तक पढ्न दिइने पद्दतिलाई पुस्तकद्वारा उपचार या बिब्लियोथेरापी भनिन्छ।

बिब्लियो ठेरापीका जानकारहरू पुस्तक कसरी मानसिक सन्तुलन कायम राख्न उपयोगी हुने र यसले तनाव बिर्सन सघाउने बताउँछन्।

बिब्लियोथेरपिस्टहरू अर्थात् किताबको सहयोगले मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग गर्नेहरूबीच बीबीसीले चलाएको छलफलबाट आएका मुख्य सुझाव यस्ता छन्:

तनावमुक्ति र फुर्ति

उचित कथा पढ्न सकियो भने हामीलाई त्यसले फेरि फुर्तिलो बनाउँछ र संसारलाई हेर्ने नयाँ दृष्टिकोण पनि दिन्छ।

बिब्लियोथेरपिस्ट इला बर्ट्हाउडसँग यदि ब्रिटेनका पूर्वप्रधानमन्त्री टेरिजा मेले कुन पुस्तक पढौँ भनेर सुझाव मागेको कल्पाना गरौँ।

लेखक तथा लन्डनको स्कूल अफ लाइफमा मानिसहरूलाई पुस्तक पढ्न सुझाव दिने बर्टहाउड भन्छिन्, “उनले सन् १९७८ मा अमेरिकी लेखक हुबर्ट सेल्बीले लेको ‘रेक्युयम फर अ ड्रीम’बाट सुरु गर्न सक्छिन्।”

उक्त उपन्यास लागुपदार्थ दुर्व्यसनसँग सङ्घर्ष चार मानिसको कथा हो जसको आधारमा सन् २००० मा चलचित्र बनाइएको थियो।

कथा दु:खद भएपनि ‘टरिजा मेले यसमा सम्बन्ध भेट्ने’ बर्टहाउडले बताइन्। उन्ल्व भनिन,”यो पुस्तकको मुख्य सन्देश भनेको आफ्नो सिद्धान्तमा अडिग रहने र मौका खोज्ने हो।”

पलायनवाद

त्यसो भए पुस्तक ले कसरी मानसिक सन्तुलन मिलाइदिन्छ त?

किताब अन्य कुनै पनि कलाभन्दा बलियो ‘पलायन’ हो। “चलचित्र वा टीभीमा चित्रहरू देखाइन्छ तर पुस्तकमा त्यो आफैँले कल्पना गर्नुपर्छ, त्यसैले यो धेरै शक्तिशाली हुन्छ,” उनले भनिन्।

सफल उपन्यासकार एलेक्स ह्वियाटलको जीवन पहिला सहज थिएन। उनले मार्क ट्वेनको ‘हकल्वरी फिन’ पढेपछि त्यसले आफूलाई शक्तिशाली प्रभाव पारेको बताए।

“म बसेको बालगृह रमाइलो थिएन, र त्यहाँको जीवनबाट भाग्ने सबैभन्दा सजिलो माध्यम हकल्वरी फिन थियो।”

लथालिङ्ग जीवनमा सहजता

उपन्यासमा संरचनागत कथा हुने भएकोले लथालिङ्ग सोचलाई यसले लयमा ल्याउन सहयोग गर्छ।

चर्चित लेखिका जेसी बर्टन भन्छिन् – समस्या परेको बेला उनलाई सीजे सान्सनको शार्ड्लेक पढ्न मन पर्छ।

केही वर्षअगाडि आफ्नो पहिलो उपन्यास ‘द मिनिआचुरिस्ट’ अत्यधिक रूपमा सफल हुँदा उनलाई ज्यादै व्यग्रता भएको थियो।

त्यतिबेला मनलाई शान्त राख्न उनले सान्सनलाई रोजिन्।

दु:खमा सान्त्वना

बिब्लियोथेरपिस्टहरू अर्को कुरामा पनि एकमत छन्: मानसिक सन्तुलनका लागि पढिने कथाहरू सुखद कथा हुनुपर्दैन, ती सकारात्मक रूपमा दु:खद भए पनि हुन्छ।

आफू हुर्कँदै गर्दा बुवाले जमैकाको बाल्यकालका कुरा सुनाएको ह्वियाटल स्मरण गर्छन्।

उनका बुवाले सुनाउने कथा बाली काट्ने बेलामा गाउँगाउँ डुलेर दासत्वका दु:खद कथा सुनाउने फिरन्तेको बारेमा हुन्थ्यो।

“त्यो कथा निकै दु:खान्त थियो तर यसले मानिसहरूले गरेको सङ्घर्ष पनि देखाउँथ्यो,” उनले भने।

युवा मस्तिष्कलाई सहयोग

युवा पाठकहरूको सन्दर्भमा पुस्तकले विश्वभरि छलफल भइरहेको युवा मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

उपन्यासहरूले युवाहरूलाई दैनिक जीवनमा भोग्नुपर्ने विषयबारे पहिला नै जानकारी दिन सक्छ। त्यसमा उत्पीडन, लागुपदार्थ वा सामाजिक विभेदका कुरा हुन सक्छन्।

बर्ट्हाउड भन्छिन्: कतिपय उपन्यासले युवाहरूलाई जीवनमा आउन सक्ने कुराबारे सचेत गराउन सक्छ।

लेख्नु पनि राम्रो हो?

पढ्नु त मानसिक स्वास्थ्यका लागि राम्रो हो, तर के लेख्नु नि?

ह्वियाटल र बर्टन भन्छन्: एउटा लेखकको जीवन मानसिक स्वास्थ्यका हिसाबले मिश्रित हुन्छ।

एकातर्फ लेख्नु कुनै पनि कुराका बारेमा सोच्ने र आफ्नो भावनात्मक आवेग पोख्ने अद्भुत माध्यम हो।

फेरि लेख्ने कार्य एक्लै गर्नुपर्ने भएकोले कहिलेकाहीँ हप्तौँ वा महिनौँ वा वर्षौँसम्म पनि एक्लै भइने र त्यसले रमाइलो भावना नल्याउने बर्टनको धारणा छ।

तर आफूले लेखेका पुस्तकले पाठकहरूको स्वास्थ्यमा सकारात्मक असर पार्छ भन्ने कुराले लेखकलाई प्रसन्न बनाउँछ। बीबीसी कल्चरबाट साभार

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!