शान्ता चौधरी ११ कक्षा भर्ना, सरकारीमा स्कुलमै पढ्ने

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा भर्ना भएकी छिन्।

महंगा निजी उच्च माध्यामिक विद्यालयहरुले निःशुल्क पढाइ दिने प्रस्ताव गरे पनि उनी सामुदायिक स्कुलमै मानविकी संकायमा भर्ना भएकी हुन्।

पढ्ने उमेरमा १८ वर्षसम्म कमलरी बस्न बाध्य भएकी चौधरीले असार दोस्रो हप्ता भएको एसईई परीक्षामा २.६५ जीपीए ल्याएर उत्तीर्ण भएकी थिइन्। उनले दाङको तुलसीपुरस्थित सेन्टर मावि केन्द्रबाट गएको चैतमा परीक्षा दिएकी थिइन्।

भर्नापछि फेसबुकमा भावुक हुँदै चौधरीले पढ्ने उमेरमा अरु कलेज जाँदा आफू टुलुटुलु हेरेर रुनु परेको र ढिलै भए पिन पढ्न पाउँदा खुशी लागेको लेखिकी छिन् ।

याे पनि पढ्नुस  कक्षा ११ मा भर्ना भइन् नेकपा नेतृ शान्ता चौधरी, रोल नम्बर ६२

कमेन्ट गर्नुहोस्

error: Content is protected !!