कारागारभित्र यौन सम्बन्धका लागि विशेष कोठा राखिने

काठमाडौं । कैदीलाई प्रजनन् अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयअन्तर्ग कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन् अधिकार दिने व्यवस्थाप प्रस्ताव गरिएको छ ।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्र्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ ।

मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद, अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको,। सन्तान जन्माउन इच्छुक् र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ । नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!