सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

धनगढीः कैलालीमा सर्पको टोकाईबाट एक किशोरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको गौरीगंगा नगरपालिका–१० सुन्दरपुरकी १४ वर्षीया किशोरी करुणा चौधरी रहेकी छिन् ।

शुक्रबार राति दुई बजेको समयमा उनलाई सर्पले टोकेको थियो। करुणालाई बढैपुरको सौगात क्लिनिकमा उपचारका लागि ल्याइएको थियो।

क्लिनिकले नेपाली सेनाको बढैपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि पठाएको थियो।

केन्द्रमा पनि उपचार सम्भव नभएपछि चौधरीलाई सेती अस्पताल रेफर गरिएको थियो। उनको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी निरिक्षक प्रकाश डागींले जानकारी दिए।

याे पनि पढ्नुस  टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन सुरु, कैलालीको सुरक्षामा व्यवस्था कडा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!