प्रचण्डविरुद्धको स्टाटसपछि चुलियो विवाद, “हुट्टिट्यॉऊ ले आकाश थेगेको आजसम्म देखेको छैन है कामरेड !”

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई लक्षित गरि सामाजिक सञ्जालमा केही पोष्टहरु सार्वजनिक भएपछि पूर्व माओवादी कार्यकर्ताहरु प्रतिवादमा उत्रिएका छन् ।

अध्यक्ष प्रचण्डले राजालाई उचाल्दै यथास्थितिवादीहरुले बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजेको कुरा बताएपछि उनीलक्षित आलोचना चुलिएको थियो । यही क्रममा नेकपा केन्द्रीय सदस्य सूर्य थापाले आफ्नो फेसबुकमा आलोचना गर्दै स्टाटस लेखेपछि त्यसको बिरुद्ध माओवादी नेता तथा कार्यकर्ता खनिएका छन् ।

थापाको टिप्पणी पार्टीको सामान्य अनुशासन र पद्धतीविपरित भन्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशीखा’ले थापालाई पार्टी छाड्न सुझाएका छन् । उनले पार्टी अनुशासन नमान्ने र नेतृत्वलाई पार्टी पद्धतिभन्दा बाहिर रहेर विरोध गर्ने शैलीले पार्टीभित्र काम गर्न नमिल्ने भन्दै पार्टी त्याग गर्न सुझाएका हुन् ।

‘पार्टी केन्द्रिय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन् ।’ सामाजिक सञ्जाल फेसबुकमा दिपशीखाले भनेका छन्, ‘पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने भए आफुले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।’ युवाका अध्यक्ष दिपशीखाले गाली फस्टाउँछ भन्ने लागेको भए पेशा नै बनाउन थापालाई सुझाएका छन् ।

याे पनि पढ्नुस  जनकपुर पुगेर प्रचण्डले भने– मधेशसँग लभ छुटेको छैन, अब विकासको गिफ्ट आउँछ

यसैगरी नेकपा प्रदेश नं. १ सदस्य जीवन आचार्यले समेत थापाको टिप्पणी सामान्य राजनीतिक मर्यादाविपरित भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै आचार्यले भनेका छन्
“बोल्न पाईयो भन्दैमा प्याच्च नबोल्नु, बस्न पाईयो भन्दैमा थ्याच्च नबस्नु” भन्ने बुढापाका को भनाई छ।
बोल्नै परे मुटुमा चिस्सो पस्ने गरि बोल्न हामीलाई पनि नआउने होईन, तर हामी गैर जिम्मेवार बन्न सक्दैनौं किनकि यहॉ बामपन्थीहरु एक हुने र तिनको भविष्यको सवाल छ, पार्टी अनि आन्दोलनको कुरा छ र संयमता अपनाईएको हो।

हुट्टिट्यॉऊ ले आकाश थेगेको आजसम्म देखेको छैन है कामरेड !

मेरो ब्यक्तिगत विचारस् अब एत्ति बिधि अनुशासन देखाईसकेपछि हामी जस्ता नेकपा का सिपॉही ले यि९सूर्य थापा० भन्ने ब्यक्तिलाई पनि नेता, कार्यकर्ता मान्न पर्दैन होला नि११ कि के होरु
वामएकता जिन्दावाद् !!!
फुटमा रमाउनेहरु मुर्दावाद्!!!

युवा संघकै नेता सुमन देवकोटाले समेत थापाको आलोचना गर्दै कडा शब्दमा प्रचण्डमाथिको प्रहारको बिरोध गरेका छन् । देवकोटा लेख्छन्

याे पनि पढ्नुस  प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक, के विषयमा हुँदैछ छलफल?

यो सुर्य थापा नामको कुलंघाररसंगारेलाई अनुशासन र मर्यादा कमान्डर दिपशिखाले किन सिकाउन पर्‍यो रु राजनीति गरेर आएको सबैलाई थाहा छ कि यो कुलंगार वैचारिक बहसबाट स्खलित भएर पार्टी एकता भांड्ने नियतले व्यक्तिगत टिकाटिप्पणीमा लागेको छ। याद राख संगारे ूलातको भुत बातले मान्दैनू भन्ने सबैलाई थाहा छ । पार्टी एकताका विरोधी अभिजातहरुलाई युवाले नै तह लगाउनेछन ।

 

रामचन्द्र अधिकारी लेख्छन् 

सूर्य थापा लगायतका केही ने क पा का नेताले आफू केपि, ईश्वर पोख्रेलको नजिक देखाउँदै प्रचण्डलाई एकोहोरो खेद्ने, बदनाम गरेर पूर्ब माओवादी पनि केपिलाई गालि गरुन् र नेता ,कार्यकर्ताको बिचमा बिबाद, द्वेष ,अबिश्वास खडा गरेर फाइदा लुट्न पाईयोस् भन्ने ध्याय राखेको पाईन्छ , सचेत बनाँै १ यिनका उदेश्य पूरा हुन दिनुहुँदैन । यी सामन्तवाद , अस्थिरताबादी, अबसरबादीका भाईरसलाई समयमै उपचार गरौं १ सबैको भलो हुन्छ

यसअघि नेकपा नेता सुर्य थापाले अध्यक्ष प्रचण्डको अभिव्यक्ति विरुद्ध सामाजिक सञ्जालमार्फत कडा व्यंग गरेका थिए । उनले महान भनिने जनयुद्धको नेतृत्व गर्ने सुप्रिम कमाण्डर शान्तिको पक्षधर कसरी हुन्छ भनी व्यंग्यात्मक प्रश्न गरेका छन् ।
थापाले लेखेका छन्, ‘म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै १ मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ । हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ?’

याे पनि पढ्नुस  ‘मार्क्सवादलाई अक्षरशः पालना गर्नेभन्दा मार्गदर्शन बनाउनुपर्छ’

थापाले यसअघि पनि अध्यक्ष प्रचण्डविरुद्ध कडारुपमा लेख्दै आएका छन् । पार्टीको जिम्मेवार व्यक्ति भएर अनुशासनहीनरुपमा यसरी बयानबाजी गरेकोमा पूर्व माओवादी नेता तथा कार्यकर्ता अहिले उनीविरुद्ध लेख्न थालेका हुन ।
कतिपयले थापाले राजीनामा दिनुपर्ने बताएका छन् । उता थापाले भने आफूविरुद्ध आइरहेका आलोचनाको प्रत्यालोचना गर्दै युवासंघ अध्यक्ष दीपशिखालाई राजनीति नसिकाउन भन्दै पुनः पोष्ट गरेका छन् ।
अहिले देखिएको यो विवादले पार्टी एकतामा असर नपर्ने भएपनि यसले पूर्व माओवादी समूह र पूर्व एमालेभित्र थापाले समर्थन गर्ने समूहबीच दूरी बढने स्पष्ट संकेत भने देखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!