श्रीलंकाको समुन्द्रमा ज्याकलिनको बर्थ डे सेलिव्रेशन

मुम्बई । बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।

जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् ।

श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक काट्दा ज्याकलिन खुशी देखिइन् । उनले समुन्द्री किनारमा स्विमसुटमा बोल्ड तस्वीर समेत खिचाएकी छिन् ।

नायिका फर्नान्डेजको बलिउडमा राम्रो क्रेज छ । उनले विशेषगरी नायक सलमान खानसँग जोडी बाँधेर काम गरेका चलचित्र बक्स अफिसमा हिट छन् ।

याे पनि पढ्नुस  चलचित्र ‘गुलाबो सिताबो’मा अमिताभको यस्तो छ लुक्स

ज्याकलिनले आफूलाई श्रीलंकाको समुन्द्र खुबै मनपर्ने भएकाले पनि केक काट्न सो स्थानलाई रोजेको बताइन् ।

श्रीलंकाकी सुन्दरीलाई बलिउडका चर्चित कलाकारहरुले पनि शुभकामना दिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!