स्मिता दाहालको ‘मायालु तिमी कता छौं’ युट्युब ट्रेन्डिङको २ नम्बरमा (भिडियो)

काठमाडौंः  गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौं’ बोलको नयाँ गीतले स्रोता–दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । सार्वजनिक भएको छोटो समयमै स्मिताको यो गीतलाई लाखौं दर्शकले युट्युबमा हेरेका छन् ।

रिलिज भएको ४ दिनमै ‘मायालु तिमी कता छौं’लाई साढे २३ लाख बढी पटक हेरिएको छ । आइतबार दिउँसोसम्म यो गीत युट्युब ट्रेन्डिङको २ नम्बरमा रहेको छ ।

कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतको म्युजिक भिडियो गत मंगलबार सार्वजनिक गरिएको थियो ।

गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर छ। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिङ गरेका हुन्। भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।

राजु पेन्टरद्वारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन्। विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रेतीको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!