गायक हरिदत्त फुलाराको ‘मिरमिरेको लाली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः  गायक एवं संगीतकार हरिदत्त फुलाराको ‘मिरमिरेको लाली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उनको यो गीत शनिबार हाम्रो कथा नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

‘मिरमिरेको लाली’ मा संगीत–स्वर गायकै फुलाराकै रहेको छ । यस्तै यो गीतलाई डा. अनिल बरालले लेख्दा महाराज थापाले एरेन्ज गरेका हुन् ।

यस्तै फुलाराको यो गीतलाई नरेश बिसी रेकर्ड र साजन शाहले मिक्सिङ गरेका छन् । ‘मिरमिरेको लाली’लाई एप्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको म्युजिक भिडियोमा विनोद न्यौपाने र विनु शाक्यको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई उत्सव दाहालले छायाँकन, विकाश दाहालले सम्पादन र युवराज वाइवाले निर्देशन गरेका हुन् ।

गायक फुलाराका यसअघि ‘म आउने प्रहर’, ‘हसायो मायाँले’, ‘सम्झनामा डुबायर’, ‘मैले मन पराएँ’, ‘गीत तिमी संगित तिमी’, ‘मेरो देश’, ‘सँगैसँगै हिँडे पनि’, ‘नक्कली’ लगायत बोलका गीत बजारमा आइसकेका छन् । ती गीतहरुलाई स्रोता–दर्शकले राम्रो रुचाएका छन् ।

झण्डै डेढ दशकदेखि नेपाली सङ्गीतमा लागि पर्दै आएका गायक फुलारा पछिल्लो समय अलग्गै पहिचान बनाउँदै गएका छन् ।

भारत, काँशी हिन्दु विश्व विद्यालयबाट शास्त्रीय संगीत अन्तर्गत गायन बिधामा माष्टर डिग्री गरेका गायक फुलारा पश्चिम नेपाल धनगढीका स्थानीय वासिन्दा हन् ।

उनले त्यहाँको सैनिक आवासिय महाविद्यालयमा दुई वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरेपश्चात २०७१ सालबाट काठमाडौंलाई कर्मथलो बनाएर गीत, संगीतको क्षेत्रमा क्रियायाशिल रहँदै आएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!