कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई स्वागत

दोहा । यही अगस्ट ८ तारिख कतार नेपाली एकता समाजको निमन्त्रणमा नेपालबाट आएका प्रशिक्षक दुर्गा खरेललाई कतार नेपाली एकता समाजको केन्द्रिय समितिले भव्य स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

हेमन्त वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि तथा प्रशिक्षक दुर्गा खरेलको उपस्थिति र कार्यक्रम सञ्चालन समाजका महासचिव खीम बुढा मगरले गरेका थिए ।

परियचयात्मक तथा स्वागत कार्यक्रममा जिम्मेवारी व्यक्तित्व, सम्पूर्ण कतार नेपाली एकता समाजका सदस्य तथा यस संस्थाप्रति झुकाव राख्नुहुने आम शुभ चिन्तकहरुको उल्लेख्य उपस्थितिको रहेको कार्यक्रममा आफ्नो परिचय दिंदै यस कार्यक्रममा उपस्थिती रहनु भएका सम्पूर्णलाई धन्यवाद दिएका थिए । अन्तमा सौहद्रपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष हेमन्त वाइवाले घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!