नेपालीमय भयो कतार, हजारौंको उपस्थितिमा नेपथ्यको ऐतिहासिक प्रस्तुति (फोटो फिचर)

दोहा, सयौं नेपाली झण्डासहित हजारौं नेपाली एम्पिथिएटरमा देखिन्थे । सबैको मनमा उत्साह ।

नेपथ्यका कलाकारका लागू दर्शक तताउनु नौलो कुरा थिएन । प्रवासको जीवनको व्यस्तताबीच नेपथ्यको प्रस्तुति हेर्न दर्शकहरु खचाखच भरिए ।

र, कार्यक्रमको उद्घोषणसँगै नेपथ्य टीमले गाउन शुरु गर्यो । ओइरिएका दर्शकमाझ नेपथ्यले २० बढी गीत प्रस्तुत गरेका थिए ।

इद अल अधाको दोस्रो दिन ग्रान्ड मल स्थित एसियन टाउन एम्पीथिएटरमा कार्हुयक्रम भएको हो ।

लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक, सहआयोजको रुपमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा कार्यक्रम भएको थियो ।

याे पनि पढ्नुस  एन आर एन ए एन सि सि कतारको अध्यक्षमा मुक्तदा बिजयी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!