फेरि बढ्यो सुनको भाऊ, अहिलेसम्मकै उच्च

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि फेरि नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

सोमबार सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि सुन प्रतितोला ७० हजार १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने आज बढेर सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

यसैगरी, मंगलबार बजारमा चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

याे पनि पढ्नुस  आज यस्तो छ सुनको भाऊ

सोमबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!