एलएलएम प्रवेश परीक्षामा २ पटक नतिजा, नम्बर नै साटियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानुन संकायले एलएलएम प्रवेश परीक्षाको नतिजा दोहोर्‍याएर प्रकाशित गरेपछि विद्यार्थीले डिन कार्यालयमा तालाबन्दी गरेका छन्। विद्यार्थीहरूले मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा रहेको कानुन संकाय डिन कार्यालयमा तालाबन्दी गरेका हुन्।

नेपाल ल क्याम्पस अखिल क्रान्तिकारीका अध्यक्ष दीपक थापाले प्रवेश परीक्षामा अनियमिता र अपारदर्शिता भएकाले तालाबन्दी गरिएको बताए। ‘मेरिट लिस्ट नै यताउता हुनेगरी नतिजा पुनः प्रकाशित गरेको भेटियो’, थापाले भने, ‘पुनः प्रकाशित गर्दा सूचिमा तल रहेका नामलाई पहिलो र दोस्रो नम्बरमा राखिएको छ।’

कानुन संकाय डिन कार्यालयले असार १३ गते लिएको प्रवेश परीक्षाको नतिजा साउन १८ गते प्रकाशित भएको थियो। प्रकाशित नतिजामा प्राप्तांकका आधारमा १४३ परीक्षार्थीको नाम निकालिएको थियो। तर साउन २६ गते प्रकाशित संशोधित नतिजामा १४६ जनाको नाम निकालिएको छ।

पहिलो नतिजामा १३४ मा नाम निकालेका प्रकृति मल्ललाई दोहोर्‍याएर नतिजा प्रकाशन गर्दा एक नम्बरमा राखिएको छ। पहिले नतिजा प्रकाशन हुँदा उनको प्राप्‍तांक ५९.८३ थियो भने दोस्रोपटक प्रकाशित नतिजा ८४.८३ छ। अन्नपूर्ण पोस्ट्बाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!