धादिङ जिप दुर्घटना, १४ जना घाइते

धादिङः  धादिङमा भएको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज धादिङबेसीबाट मैदीतर्फ जाँदै गरेको जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा दुर्घटनामा परेको थियो । बजारबाट गाउँतर्फ घर फर्कँदै गरेका मानिस दुर्घटनामा परेका हुन् ।

बा १३ च ५२३० नम्बरको जीप उकालो चढ्न नसकी पछाडि हटेर पल्टिँदा भएको दुर्घटनामा एउटै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

गम्भीर घाइते भएका ज्वालामुखी गाउँपालिका वडा नम्बर २ की २८ वर्षीया लक्ष्मी श्रेष्ठ, ४० वर्षीय बिरबहादुर मगराती, ३५ वर्षीया बलमाया रानामगर र ५७ वर्षीय लोकबहादुर सामरीलाई थप उपचारका लागि काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा पठाइएको छ । जिल्ला अस्पताल धादिङमा १० जना घाइतेको उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

चार जनाको सिट क्षमता भएको निजी नम्बर प्लेटको बोलेरो जीपमा १८ जना यात्रु चढेका थिए । निजी नम्बरको सवारीमा खचाखच यात्रुसहित सामानसमेत हालेर उकालो बाटो जाँदा गाडी पछाडि हटेको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए । उकालो बाटोमा गेयर बदल्ने क्रममा जीप पछाडि हटेको र सडक छेउको धारोसमेत भत्काएर पल्टिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!