यूएईमा रानाभाट तथा भाट समाज गठन

यूएई । गत शुक्रबार वर दुबईको नेपाली ट्राभल एन्ड टुरिजममा सम्पन्न रानाभाट तथा भाट बन्धुहरुको भेलाले यूएईमा रानाभाट तथा भाट समाज गठन गर्ने निर्णय गर्दै तदर्थ समिति गठन गरेको छ । होम रानाभाटको अध्यक्ष्यतामा बसेको भेलाले थमन सिङ्ग रानाभाटको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।

युएईमा छरिएर रहेका सम्पूर्ण रानाभाट तथा भाट बन्धुहरुलाई समेट्ने हेतुले गठन भएको तदर्थ समितिले आगामी ६ महिनाभित्र सबै काम कारबाही पूरा गरी संस्थाको अधिवेशन मार्फत कार्यसमिति चयन गर्ने संयोजक थम्मन सिंह रानाभाटले बताए ।

त्यस्तै, तदर्थ समितिको महासचिवमा बुद्धी बहादुर रानाभाट, कोषाध्यक्षमा मोहन रानाभाट रहेका छन् भने सदस्यहरुमा विष्णु रानाभाट, मिन भाट, नवराज रानाभाट, सरला रानाभाट, सन्दिप रानाभाट, धिरज रानाभाट रहेका छन् भने संस्थाको संरक्षकमा होम रानाभाट र सल्लाहकार राजकुमार रानाभाट रहेका छन् ।

त्यस्तै, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने अधिकार पाएको तदर्थ समितिले विधान मस्यौदा समिति बनाएको छ । जसमा लालबहादुर रानाभाट, श्रीराम रानाभाट, अमर रानाभाट, नारायण रानाभाट, मिन रानाभाट रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!