रोमान्सको साथमा फाईट भएको हिरो नं.१ को तेस्रो गीतको भिडियो सार्वजनिक

काठमाडौं । नायक जयकिशन बस्नेतले निर्माण गरेको प्रदर्शोन्मुख नेपाली कथानक चलचित्र ‘हिरो नं. १’ को तेस्रो गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । आफैंले सञ्चालन गरेको युट्युव च्यानल मोबाइल टिभी मार्फत ‘के गर्नु मंगले आफ्नै ढंगले’ बोलको गीत सार्वजनिक भएको हो ।

सुर्य रुम्बाको शब्द, संगीत तथा स्वरसमेत रहेको उक्त गीतको भिडियोमा जयकिशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिवजंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरुको संलग्नता रहेको देख्न सकिन्छ।

भिडियोको कोरियोग्राफी जयकिशन बस्नेत र किशोर थापाले संयुक्तरुपमा गरेका हुन् भने विनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् । रोमान्सदेखि द्वन्दका खतरनाक दृष्यहरु समेत राखिएको भिडियो अत्यन्तै मनोरञ्जक बनेको छ । नायिका जाहान्वी बस्नेतले भिडियोमा खतरनाक फाईट गरेकी छिन् ।

याे पनि पढ्नुस  ‘लक्का जवान’को मुहुर्त, काभ्रेमा छायांकन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!