पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

काठमाडौँ । कश्मीर विवाद चर्किएपछि चुलिएको भारत र पाकिस्तानबिचको तनावका कारण दुई देशबीच वर्षौंदेखि चल्दै आएका परम्पराहरू बाधित भएका छन् ।

बुधबार पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ र हरेक वर्ष स्वतन्त्रता दिवसको उपलक्षमा दुवै देशले पन्जाबस्थित भारतको सीमा अट्टारी-बाघा बोर्डरमा मिठाइ आदान प्रदान गर्ने गर्दछन् । तर यस पटकको स्वतन्त्रता दिवसमा भने पाकिस्तानको तर्फबाट आउने मिठाइको उपहार नआएको भारतीय मिडियाहरूले लेखेका छन् ।

दुवै देशले दीपावली, ईद जस्ता सबै जसो धार्मिक तथा स्वतन्त्रता दिवस आदि राष्ट्रिय चाडहरूमा यस सीमामा मिठाई आदानप्रदान गर्ने गर्छन् । भारतीय मिडियाहरूले यसपालीको बकरइदमा पनि पाकिस्तानको तर्फबाट मिठाइ नआएको बताएका छन् ।

याे पनि पढ्नुस  कश्मीरको मुद्दालाई लिएर पाकिस्तान अन्तर्राष्ट्रिय अदालतमा !

हालसम्म सीमामा प्रत्यक्ष तनाव हुँदा या युद्धको अवस्थामा मात्र यसरी हुने मिठाइ आदान प्रदान बन्द हुने गरेको थियो । भारतले गतवर्ष पाकिस्तानले नियन्त्रण रेखामा युद्धविराम भङ्ग गरेको भन्दै मिठाइ रोकेको थियो ।

भारतले बिहिबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ तर उसले यस मामिलामा के गर्ला त्यो भने हेर्न बाँकी छ ।

पाकिस्तानले भारतद्वारा कश्मीरमा चालिएको कदमको विरोधमा भारतसंगका सबै दुइपक्षीय कार्यक्रम रद्द गरिदिएको छ । दुई देशबीच चल्ने रेल सेवा र बस सेवा समेत हाल बन्द रहेका छन् ।

याे पनि पढ्नुस  दिवंगत पूर्व मुख्यमन्त्रीको अन्त्येष्टिको सलामीमा एउटै बन्दुक नपड्किएपछि (भिडियाेसहित)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!