कैलालीको गौरीगंगाका साझा समस्या माथि छलफल

कैलाली । विकास र परिवर्तनका लागी संचार एफएमडीसीको आयोजनामा कैलालीको गौरीगंगा नगरपालिकामा बुधबार साझा सभा कार्यक्रम भएको छ ।

सरकारी काम कारवाहीमा आमजनताको सहभागिता गराउन र हाम्रो नगरपालिका राम्रो नगरपालिका बनाउन नगरपालिकाले गरिरहेका काम जनता सम्म पुर्याउन जनता प्रति उत्तरदायी बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
साझा सभा कार्यक्रममा गौरीगंगाका स्थानीयले कृषि क्षेत्रमा मल अभाव, स्वास्थ्य क्षेत्रमा मसुरिया स्वास्थ्य चौकी स्त्तरोन्नती, शैक्षिक अवस्था, भौतिक विकास, युवाको बढ्दो बेरोजगारी, बटोघाटो, स्थानिय तहमा कर्मचारी ब्यवस्थापन, सिमाको बिषयमा बिविध सवाल उठाएका थिए ।

जनताका सवाल जवाफ दिदै गौरीगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले घोडाघोटी नगरपालिका र गौरीगंगा नगरपालिकाको सिमाना सारेको बताए । यसबारे मेयर साबलाई फोनबाट गौरीगंगाका मेयरलाई जानकारी गराएको बताए ।

गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले नगरपालिकामा कर्मचारी कम भएकाले जनताको काममा ढिलाई भएको आयोग खोलेकाले आयोगको नतिजा नआऊन जेलसम्म काममा ढिलाई हुने बताए ।

गौरीगँगा नगरपालिका कि उपप्रमुख अन्चला चौधरीले नगरको ढल निकासको व्यबस्थापनका लागि ५० प्रतिशत ५० प्रतिशतको प्रस्ताव तयार गरिएको बताईन् । साथै उनले किसानहरुले मल सम्बन्धीको सवालको जवाफ दिदै मल बाहिरबाट भित्र्याउनु पर्ने भएका कारण मल अभाव भरीकै समस्या रहेको र समाधानका लागी पहलचाली रहेको बताईन
सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य दिर्घ बहादुर सोडारीले सोचे अनुसारको काम हुन नसकेको बताउँदै विकासका कामहरु तिब्र गतीमा अगाडी बढाईरहेको बताए । मसुरिया स्वास्थ्य चौकी निर्माणका लागी विगतमा एक करोड छुटाएको तर स्वास्थ्य चौकी निर्माणका लागी जग्गा खाली नहुँदा कार्यान्वयन गर्न समस्या भएको बताए ।
एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दले कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै कार्यक्रमबारे बताएका थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!