वान डे सिरिजः वेस्ट इन्डिजले टस जित्यो, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः  भारत विरुद्धको एकदिवसीय सिरिजको अन्तिम एवं तेस्रो खेलमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।

भारतको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, केदार जाधव, रविन्द्र जडेजा,  खलील अहमद, भुवनेश्वर कुमार, मोहम्मद शामी र युजवेन्द्र चहल ।

याे पनि पढ्नुस  पिटिए भारतीय बलर, गेल र लुइसको विष्फोटक प्रदर्शन

वेस्ट इन्डिजको सम्भावित प्लेइङ–११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फाबियन आलेन, किमो पउल र केमार रोच।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!