सुरु भयो रिजन अफ रिया

काठमाडौं । नयाँ चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । यो चलचित्रको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनैपूर्णिमाको शुभ साइतमा मुहुर्त गरियो । मुहुर्तसँगै बिहिबारबाटै यो फिल्मको छायाँकन सुरु गरिएको छ ।

यो चलचित्रमा नविन अधिकारी, करणसिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् । धनेश्वर फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र रिजन अफ रियालाई मिलन आलेमगरले निर्देशन गर्दैछन् ।

याे पनि पढ्नुस  ‘सोच’को ट्रेलरमा पुजनको एक्शन, निता र प्रज्वलको प्रेम

काठमाडाैंबाट यो चलचित्रको छायाँकन सुरु भएको छ । काठमाडौंपछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने यसका निर्देशक मिलनले जानकारी गराए । यो चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सहनिर्मातामा कुमारजंग कार्की रहेका छन् । यस्तै यसमा देव महर्जनको द्वन्द निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!