विचार

Proportion
२०७३, १७ चैत्र बिहीबार

आफूले बजेट ल्याउन नपाउँदा पनि छलाङ मारे प्रचण्डले

प्रचण्ड सरकारले विषम परिस्थिति आर्थिक बृद्धिका क्षेत्रमा देशलाई पुर्याएको यो योगदान दीगो हुनु जरुरी छ । यसका लागि राष्ट्रिय विकासको दीर्घकालिन योजनालाई उल्लेख्य ढंगले कार्यान्वयन गर्ने नेतृत्व यो देशले पाउनु पर्दछ । विगतकै बजेटका आधारमा यति काम गर्न सकिने अवस्थामा आफ्नो योजनामा बजेट ल्याएर त्यसलाई कार्यान्वयन गर्न सके ५ वर्षभित्र नेपाल आर्थिकरुपमा निकै अगाडि बढ्न सक्ने

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, १० चैत्र बिहीबार

मधेसी ‘मूर्गा’ हुन् ?

तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अगुवाइमा ०६३ मा मधेसले ८ बुँदामा महत्वपूर्ण तीन अवसर पायो । स्वायतता, संघीयता र समावेशीता । कीर्तिपूरको नयाँबजारदेखि पाँगा चोक हुँदै सम्पूर्ण तराई विजयोत्सवमा झुम्यो । मलाई स्पष्ट थाहा छ साथी दिपेन्द्र तिवारीले मलाई उचाल्दै ‘जय मधेस’ भने, र उनलाई मैलेपनि खुलेर साथ दिएको थिएँ । मधेसी जनताले पाएको नयाँ अधिकारले हामी सबैलाई खुशी तुल्याएको थियो ।

Proportion
भीष्म थापा२०७३, १० चैत्र बिहीबार

झुसिल्किरादेखि लार्भा हुँदै पुतली बनेका बाबुराम, अब के ?

पुतली रस चुस्न झुम्मिन्छ । उसले एउटा फूलको रस चुस्छ । त्यहाँ रस सकिन्छ । फूल ओइलाउने अवस्थामा पुग्दा पुतलीले वास्ता गर्दैन । अनि पुतली झुम्मिन्छ अर्को फूलतर्फ । त्यतिमात्रै कहाँ हो र ? ज्यान नभएपनि पखेटाको सुन्दरतामा लट्ठिन्छ पुतली । त्यो पखेटा दीर्घकालिन होइन भन्ने थाहा हुँदाहुँदै पनि रंगीचंगी पखेटा फरफर गर्दै ऊ घुमिरहन्छे फूलको वरिपरि । हिउँदमा पुतलीको अस्तित्वमा हुन्न, बसन्तको हरियाली र मनमोहक छटामा पुतलीको सक्रियता बढ्छ ।

Proportion
यज्ञ तामाङ२०७३, ८ चैत्र मंगलवार

ओली उवाचः आखिर के गर्न खोज्या हो यो प्रचण्डले ?

तर लगत्तै मनमा वितृष्णा छायो । उनका आँखामा चाउरी पर्यो, निधारमा मुजा पर्यो । उनले आँखा चिम्लिए । आँखा खोले । फेरी चिम्लिए, फेरी खोले । कता कता चिटचिट पसीना आएजस्तो भयो । ओठमा शब्द आएर रोकिए– हैन, यो प्रचण्डेले के गर्न खोज्या हो ?

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, ७ चैत्र सोमबार

नेपाल २०७९ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति हुन सक्छ !

समस्याको चाङलाई आधार बनाएर लागू हुन लागेको चौधौँ योजनाले यसअघि मुलुकले व्यहोर्नुपरेको क्षतिको पूर्ति गर्ने तथा नयाँ लक्ष्यका साथ मुलुकको आर्थिक सामाजिक विकासलाई गति दिई जनताका विकासको आकाङ्क्षालाई सम्बोधन गर्नुपर्ने भएको छ । विद्यमान ऊर्जासङ्कट निवारण गरी औद्योगीकरण र आधुनिकीकरणमा जोड दिन सकिएमात्र थिलोथिलो बनेको अर्थतन्त्र पुनः तङ्ग्रने आशा गर्न सकिन्छ । साथै भूकम्प तथा सीमानाका अवरोधको कारणबाट शिथिल भएका आर्थिक क्रियाकलापहरूलाई क्रियाशिल बनाउनुपर्ने देखिन्छ ।

Proportion
गोकर्ण भट्ट२०७३, ६ चैत्र आईतवार

मुख्यमन्त्री आदित्यनाथः माओवादीका कट्टर बिरोधी, राजतन्त्रका प्रबल समर्थक

उत्तर प्रदेश भारतीय राजनीतिमा निर्णायक भूमिका राख्छ । नेपालको ठूलो सीमाना जोडिएको र उत्तराञ्चलमा समेत भारतीय जनता पार्टीकै सरकार बनेको अवस्थामा नेपालमाथि केन्द्र सरकारको दबदबा समेत थप बढ्न सक्छ । गैर राजनीतिक व्यक्तिका रुपमा योगी आदित्यनाथका पछाडि रामदेव छन । नेपालको बारेमा रामदेवको आफ्नै योजना छ । यी समीकरणहरु हेर्दा नेपालको राजनीतिमा अबको पाँच या दश वर्षपछि नेपाली आदित्यनाथहरुको बलियो उपस्थिति नहोला भन्न सकिन्न ।

Proportion
समिर नेपाल२०७३, ५ चैत्र शनिबार

कथा व्यथा फेसबुके शेयरको

बहिनीको कोठाको चाबी हरायो । यताउता खोजी गर्दा पनि नभेटिएपछि ज्वाईंले ठट्टा गर्दै भने, “ह्या, के टेन्सन लि’रा भन्या, गूगलमा ...

Proportion
यज्ञ तामाङ२०७३, ५ चैत्र शनिबार

प्रकाश दाहालको ‘हतियार’ चर्चा

शुक्रबार केही मिडियामा प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले हतियार किनेको विषयले निकै चर्चा पायो । दाहालले १५ लाखमा जिल्ला प्रशासन ...

Proportion
२०७३, २ चैत्र बुधबार

चन्दा आतंक र गुटगत राजनीतिले नयाँ शक्ति गाँजिएको खनालाको खुलासा

कुरा गर्दा समतामुलक, सबैलाई समावेशी गर्नुपर्छ भन्ने र पार्टी चलाउने बेला आफ्नो मान्छेहरु मात्रै नजिक राख्ने भएपछि समावेशी, समतामुलक भएन । प्रत्येक राजनीतिक दलको समस्या, नारा निकै आदर्शवादी बनाउने, त्यस्तै कुरा गर्ने, काम त्यसको ठ्याक्कै उल्टो । नयाँ शक्ति पार्टीमा पनि देखिएको समस्या यही हो ।

Proportion
प्रेमबहादुर शाही२०७३, २ चैत्र बुधबार

वैदेशिक रोजगारसँगै मृत्युले दिएको पीडा

तपाइँ कुन देशको नागरिक हो ? म नेपाली नागरिक । जीवनमा के गर्न चाहान्छौं ? खुशी परिवार र समृद्ध राष्ट्र बनाउँन ...

error: Content is protected !!