संवाद

Proportion
२०७३, ८ चैत्र मंगलवार

‘पहिलो संविधानसभामा जस्तै माओवादी केन्द्रमा युवा र जनताको उत्साह छाएको छ’-दीपशिखा

अहिले कांग्रेस र एमाले भन्दा पनि माओवादी केन्द्र नै ठीक भन्ने विश्वास फेरी जनतामा पलाएको मैले देशको भ्रमण गर्दा पाएँ । यसले वाइसीयलको प्रयासले माओवादीले स्थानीय तहको चुनावमा पहिलो हुने सम्भावना बलियो छ । राजनीतिक रुपमा हामीले जति उपलब्धि हाँसिल गरेका छौं त्यसमा ती युवाहरुको महत्वपूर्ण हात थियो । त्यसलाई हामीले प्रचार गर्न सकेनौं ।

Proportion
२०७३, २१ फाल्गुन शनिबार

नयाँ शक्ति फुट्ने पक्का, २६ गते डाकियो भेला- पढ्नुस विशेष अन्तर्वार्ता

मसँग निकट रहेर नयाँ शक्ति निर्माणमा अहोरात्र लागेका स्थानीय समिति र कार्यकर्ताहरुलाई देशव्यापी रुपमा दमन र निषेधको श्रृंखला चलाईयो । पार्टीका संयोजक डा. बाबुराम भट्टराईबाट पार्टीभित्र आफ्ना प्रतिस्पर्धी र आन्तरिक प्रतिस्पर्धालाई स्वागत गर्ने अपेक्षा विपरीत यति धेरै असहिष्णु बन्नुभयो सबै साथीहरुलाई दमन गर्ने श्रृंखला रोकिएन ।’ यो कुन चाहिँ लोकतन्त्रमा हुन्छ । पार्टीभित्र राम्रा हैन, हाम्राको बोलबाला बढी भयो । डा. भट्टराईलाई जे ठीक लाग्छ, त्यही पार्टीको कुरा हुने अवस्था भयो । तर पनि संगठनात्मक कार्यशैली सुधार्न सकिन्छ भनेर हामीले अन्तपार्टीं संघर्ष गरिरहेका थियौं ।

Proportion
२०७३, २० फाल्गुन शुक्रबार

इन्जिनियरिङ क्याम्पस मध्येकै सबैभन्दा उत्कृष्ट बनाउन चाहन्छु-रोशन, स्ववियू सभापति, पुल्चोक

सबैले क्रान्तिकारीको आन्दोलन सेलायो, हरायो भन्थे तर यो जितले आन्दोलन फेरी सुरु भएको संकेत गरेको छ । आन्दोलनको नयाँ माहौल सृजना भएको छ ।

Proportion
२०७३, १४ फाल्गुन शनिबार

अखिल (क्रान्तिकारी) शैक्षिक आन्दोलनको एउटा व्राण्ड हो, धरै क्याम्पस जित्छौं-प्रवक्ता बस्नेत

वास्तवमा मुलुकमा नयाँ संविधान बनाएर शिक्षा ,स्वास्थ्य र रोजगारलाई नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गराउने अभियान पनि हामीले नै चलाएको हो । अरु संगठनहरु नयाँ संविधानको पक्षमा कहिल्यै थिएनन् । अहिले स्ववियुमा २८ वर्षे उमेरहद सहितको मिश्रित निर्वाचन प्रणाली पनि हाम्रै ऐजेण्डा हो । स्ववियु निर्वाचनको क्रममा हामीले ‘सरकार विद्यार्थीको सर्टिफिकेट लेऊ,शैक्षिक लोन र पार्टटाइम जब देऊ’ भन्ने ऐजेण्डालाई प्रमुखताका साथ उठाएका छौं ।

Proportion
२०७३, ५ फाल्गुन बिहीबार

‘राष्ट्रवादी एजेण्डा बोकेका कारण अधिकांश क्याम्पसमा हाम्रो जीत सुनिश्चित छ’-नविना

नविना लामा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष हुन् । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को ...

Proportion
२०७३, ३ फाल्गुन मंगलवार

स्ववियु चुनाव रोक्ने विद्यार्थी संगठनलाई विद्यार्थीले खारेज गर्दछन्-एमानसिंह राना

त्रिभुवन विश्वविद्यालले फागुन १४ गतेलाई स्ववियु चुनावको मिति ताकिसकेको छ । स्ववियु चुनावकै लागि त्रिविले फागुन १ गतेदेखि निर्वाचन तालिका ...

Proportion
नरेन्द्र न्यौपाने२०७३, २४ माघ सोमबार

५१ प्रतिशत भन्दा बढी क्याम्पसमा जीत निश्चित छ–न्यौपाने

स्ववियू चुनाव हुने विश्वविद्यालयहरुका आंगिक क्याम्पसहरु मात्र बिग्रेका हुन र ? यसो हेर्दा सार्वजनिक सेवा नै तहसनहस भएको छैन र ? जनकपुर चुरोट कारखाना, बाँसबारी छाला उद्योग, गोरखकाली रबर टायर उद्योग, भृकुटीका कागज उद्योग कहाँ गयो त ? त्यत्रा साझा यातायातका कुराहरु कहाँ पुगे ? सार्वजनिक संस्थानको अवस्थाबारे सरकारले ध्यान दिन नसक्दा खेरि सरकारी संयन्त्रहरु कमजोर भएका छन् ।

Proportion
चक्रपाणी खनाल “बल्देव२०७३, २१ माघ शुक्रबार

हामीले हावादारी कुरा गरेका छैनौं, जे गर्न सक्यौं जनताले अनुभूति हुने गरेका छौं

चीनदेखि भारतसम्म बाटो, रेल लाइन बिछाइए भन्ने चर्चा भए । तर यथार्थमा न कुनै एउटा कुराको शिलान्यास छ, न प्रक्रियागतरुपमा नै केही कुरा अगाडि बढाइएको पाएँ । यतिसम्म कि उनीहरुले कागजमा समेत केही ल्याउन सक्नुभएन । कागजमा ल्याएको भए त कम से कम यो निर्णय प्रक्रिया यसरी मिलाएर क्याबिनेटसम्म पुग्यो र मूर्तता पायो भन्ने त हुन्थ्यो । तर क्याबिनेटका पुराना निर्णय हेर्दा त्यो पनि देखिएन ।

Proportion
२०७३, १९ माघ बुधबार

‘अब कसैले चाहेर पनि स्ववियू चुनाव रोकिन्न’

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकँदै गर्दा उमेर हदको विवादले नेविसंघभित्रै समस्या देखिएको छ । आधिकारिकरुपमा उमेरको हद लागु हुन नहुने ...

Proportion
२०७३, १६ माघ आईतवार

विधि पनि नमान्ने, सहमति पनि नगर्ने एमालेकै कारण गतिरोध लम्बियो-खनाल

मधेसलाई प्रतिपक्षी दलले जसरी बुझेको छ, त्यो गलत छ । आफ्नो भूगोल साँध सिमाना र जनतालाई कसैको बिल्ला भिडाएर धकेल्ने कुरा हुन सक्दैन । नेताले त राष्ट्रलाई एकताबद्ध गरेर सबैलाई समेट्ने हो । अहिले सिमानामा रहेकालाई अन्यत्र धकेल्ने जुन प्रयत्न गरिँदैछ, त्यो गलत छ ।