निष्ठाको राजनीति गरेका रबिन्द्र श्रेष्ठ : यस्ता छन् काठमाडौं ६(क)लाई बनाउने योजना

काठमाडौं । सिङ्गो देश संघ र प्रदेशको निर्वाचनमा केन्द्रीत बनेको छ । अहिलेको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र),नेकपा (एकृकित समाजवादी) लगायतका दल र स्वतन्त्र व्यक्तिहरु चुनावी मैदानमा होमिएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकृकित समाजवादी र जनमोर्चा लगायत दलहरु संविधानको रक्षा र समृद्धिको नारा लिएर गठबन्धनमा छन् । त्यसैगरी एमाले, राप्रपा लगायतका दलहरु पनि गठबन्धन गराएर चुनावी मैदानमा रहेका छन् । अहिलेको निर्वाचनमा आशिंक बाहेकका क्षेत्रमा मुख्य त दुई गठबन्धनबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र ६ (क)मा शुसासन एवं समृद्धिको नारा लिएर गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् माओवादी केन्द्रका नेता रबिन्द्र श्रेष्ठ । रबिन्द्र श्रेष्ठ बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।

को हुन् रबिन्द्र श्रेष्ठ

काठमाडौंको समाखुसी स्थित गल्कोपाखामा वि.स.२०२० सालमा बुवा पञ्चनारायण श्रेष्ठ र आमा कमलदेवी श्रेष्ठको कोखबाट जन्म लिएका रबिन्द्र श्रेष्ठ सानैदेखि सामाजिक क्रियाकलापमा सक्रिय नाम हो । समाजमा विद्यमान अन्याय र व्यतिथिका विरुद्ध संर्घष गर्दै आएका उनी दिनदुखीहरुको सेवामा रमाउने गर्दथे ।

विद्यार्थी कालमा पंचायत विरोधि आन्दोलन मार्फत राजनीतिमा जोडिएका रबिन्द्रले २०४३ सालमा अनेरास्ववियूको सदस्यता लिए । उनी २०४६ साल जनअन्दोलनमा सक्रिय कार्यकर्ताको रुपमा आन्दोलनमा सहभागी भए । २०४७ सालमा नेकपा एमाले संगठित सदस्यता लिएर पार्टी राजनीतिमा सक्रिय रबिन्द्र २०५४ सालमा एमाले पार्टी विभाजन हुँदा बामदेब गौतमले नेतृत्व गरेको मालेमा सहभागी भए । सानै देखि राष्ट्रियता र जनजिविकाको सवालमा खरो रुपमा उत्रने उनी महाकाली सम्झौताको कट्टर विरोधि हुन् ।

माले र एमाले पुनः एकता हुँदा एमालेसँगको एकताप्रति असहमति जनाउँदै रबिन्द्रले बामदेव गौतम लगाएतका नेताहरुसँग बैचारिक बिमति राखे । माले र एमालेबीचको एकताप्रति विमति राखेका रबिन्द्र २०५८ सालमा माओवादी निकट नेवा खेलकुद कमिटी मार्फत पुनः राजनीतिमा सक्रिय बने । बृहत शान्ति सम्झौता पछि २०६२/२०६३ मा संयुक्त जनाअन्दोलन हुँदा बाममोर्चा रहेर जिल्ला स्तरिय आन्दोलनको नेतृत्व लिएर जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी भए ।

जनआन्दोलन पश्चात माओवादी पार्टीबाट राजनीतिमा सक्रिय बनेका रबिन्द्र श्रेष्ठले वि.स. २०६३ सालमा माओवादीको संगठित सदस्यता लिए । माओवादी अन्दोन र पार्टीमा सक्रिय रुपमा सहभागी उनी माओवादीले संचालन गरेका हरेक आन्दोलन तथा संर्घषमा आफ्नो क्रियाशिलता कहिल्यै कम हुुन दिएनन् । उनले नेकपा (ऐमाल) र माओवादी केन्द्रबीचको एकतामा काठमाडौं महानगरको सचिवको रुपमा जिम्मेवारी लिएर काम गरेका थिए । ओली नेतृत्वको सरकारले जनजिविकाको सवाल र जनताको मुद्धामा काम गर्न नसकेकोमा आलोचना गर्दै आएका रबिन्द्र केपी ओलीले गरेको संसद विघटन तथा प्रतिगमन विरुद्धको सर्घषमा सक्रिय रुपमा आन्दोलनमा सहभागी भए । हाल नेकपा (माओवादी केन्द्र)को काठमाडौं महानगर कमिटी अध्यक्षको रुपमा पार्टीको जिम्मेवारीमा रहेका रबिन्द्र नेवा राजनीतिक अभियानको सस्थापक अध्यक्ष समेत रहेका छन् ।

उनी राजनीतिसँगै अन्य सामाजिक संघ संस्थामा पनि आवद्ध रहेका छन् । नेवा ग्वाहालि पुचको सस्थापक सदस्य ,गुठिविद्ययक विरुद्धको आन्दोलनको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी गठि, मठ मठादिशको संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्दछन् । नेपाली र विशेष गरी काठमाडौंमा रहेको नेवारी सम्पदा सँस्कृति संरक्षणको अभियान्ता समेत रेहेका छन् । संम्पदा र व्यक्तिगत सम्पतिको संरक्षण राज्यको दाइत्व हो भन्ने मान्यता राख्ने रबिन्द्र श्रेष्ठ उपत्यका सडक बिस्तार संर्घष समितिमा रहेर जनताको पक्षमा आन्दोलन गरेका नेता हुन् । खोकना बचाउ आन्दोलनको सदस्य रहेका उनी २०७२ सालमा भुकम्प पिडितको उद्दारमा सक्रियता पुर्वक सहभागी बने । स्वेत गणेश युवा क्लब अधक्ष , गल्खोपाखा सयुक्त युवा क्लब उपाध्यक्ष समेत रहेका रबिन्द्र श्रेष्ठको पहिचाहन एक सामाजिक अभियान्ता तथा कम्युनिट रानीज्ञको रुपमा रहेको छ । उनी आफु अन्यायमा परेकाहरुको प्रतिनिधिको रुपमा कम्युनिष्ट बिचार प्रति सदैव सर्मपित रहने बताउँछन् ।

यस्ता छन् , रबिन्द्र श्रेष्ठका प्रमुख प्रतिवद्धता

–शिक्षा, स्वास्थ्य, रोजगारी, शुसासन एवं समृद्धिका लागि ऐन, नियम, कानून बनाउन आवश्यक पहल गर्ने ।

–भ्रष्टाचार मुक्त एवं चुस्त प्रशासन बनाउने तथा जनताको निगरानीमा सुशासन प्रत्याभूति गर्ने ।

–संघियताको मर्म र भावनाको हुने गरी प्रदेश कानून बनाउन पहल गर्ने ।

– उपत्यकालाई सांस्कृतिक सम्पदा शहरको रुपमा विकास गरी घोषणा गर्ने ।

–गैर स्थायिक सडक विस्तार अन्त्य गर्न र विकास निर्माणको लागि निजि सम्पतिको उचित क्षतीपूर्तिको

व्यवस्था गर्ने ।

–सांस्कृतिक सम्पदासँग पर्यटन समन्वय गरी आर्थिक क्रियाकलापमा जनतालाई लाभ सुनिश्चित गर्ने ।

–समृद्ध काठमाडौको सपना साकार पार्ने कार्यमा हर सम्भव उपाय अवलम्बन गर्ने ।

–अन्तर मन्त्रालय, विभाग, निकाय र कार्यालयसँग समन्वय गरी सुव्यवस्थित ढङ्गले विकास निर्माण कार्य सम्पन्न गराउने ।

–जेष्ठ नागरिक, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क भिडियो एक्स–रे तथा एम्बुलेन्स सेवा उपलब्ध गराउन पहल गर्न ।

–ऐतिहासिक मठ मन्दिर, पार्टी, पौवा तथा धारा एवं स्थानिय धर्म सस्कृतिसँग जोडिएको पुरातात्विक महत्वको स्थानहरुको संरक्षण र सम्बर्धनमा जोड दिने ।

–स्थानीय कला, संस्कृतिको प्रवर्धन तथा घरेलू लघु उद्यम सञ्चालन गर्ने व्यवस्था मिलाई युवा युवतीलाई रोजगारीको अवसर प्रदान गर्ने वातावरण बनाउने ।

–यस प्रदेश (क)निर्वाचन क्षेत्र भित्र शिभिल, कम्प्युटर लगायतको विषयको इन्जिनियरिङ कलेज खोल्ने प्रबन्ध मिलाउने ।

– युवा स्वरोजगारी सुनिश्चितताका लागि प्रत्येक नगरपालिकामा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने ।

–सुकुम्बासी समस्या, स्वबासीको समस्या तथा अव्यवस्थित बसाईको समस्यालाई नितिगतरुपमा जनपक्षीयरूपमा हल गर्ने