किन सर्यो लोकमान विरुद्ध मुद्धाको सुनुवाई ?

काठमाडौं, मंसिर १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी पुनरावलोकन मुद्दाको सुनुवाई सरेको छ । लोकमान विरुद्धको मुद्धाको सुनुवाइ आगामी पुस ७ गतेसम्मका लागि सरेको हो ।

लोकमानको पक्षबाट बहस गर्ने कानुन व्यवसायी बालकृष्ण न्यौपानेले आफ्नो स्वास्थ्यावस्था अस्वस्थ रहेको जानकारी गराएपछि बिहीबारको सुनुवाइ सार्न अदालतमा निवेदन दिएका थिए ।

याे पनि पढ्नुस  गैरकानूनी ढंगले इजलास गठन भएको भन्दै चन्द पक्षका वकिलद्वारा बहस बहिष्कार

सर्वोच्च अदालतका न्यायाधीशहरु जगदीश शर्मा पौडेल, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले सो मुद्धा सार्न नमिल्ने गरी पेशी तोक्न आदेश दिएको हो ।

लोकमान र उनका समर्थक विरुद्धका सातवटा मुद्धा सर्वोच्च अदालतमा विचारधीन छन् ।

कमेन्ट गर्नुहोस्