पुरानो कपडाबाट तीन लाख आम्दानी

हेटौँडा, मङ्सिर १६। सामान्यतया धेरै मानिसहरु तपाईंहरु आफ्नो पुरानो कपडालाई के गर्नुहुन्छ ? भनेर सोध्यो भने त्यसको जवाफ धेरैजसोले फ्याक्ने कुरा गर्ने गर्छ । तर, यहाँ हेटौंडा उपमहानगरपालिका ८ का कमानसिंह लामाको हेटौँडा कपास उद्योगमा पुराना कपडाको कपास बनाउन आउनेको भिड लाग्दछ ।

याे पनि पढ्नुस  मुख्य न्यायधिवक्ताको शपथ

होटल व्यवसायबाट मनग्य आम्दानी नभएर वैदेशिक रोजगारको सपना देख्न थालेका लामालाई आफन्तले थोरै लगानीमा गर्नसक्ने यस्तो व्यवसायको बारेमा सुझाएपछि आफन्तसँग ऋण मागेर उनले हेटौँडा कपास उद्योग सञ्चालन गरेको छ ।

डेढ वर्षअगाडि खोलेको सो उद्योगबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको लामाले बताएको छ ।

याे पनि पढ्नुस  संसद्मा संकल्प प्रस्ताव दर्ता

करिब रु १५ लाख लगानीबाट सुरु गरेको उक्त उद्योगले १० जनालाई रोजगारी दिएको छ । एक किलो कपडा पेल्न उनले रु १८ लिने गर्छ ।

पुरानो कपडा नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा हाल्ने गरेको यहाँका बासिन्दा अहिले पेलेर डसना बनाउन थालेका छन् ।

याे पनि पढ्नुस  अनैतिक सम्बन्ध रहेको आशंकमा श्रीमती र छोरीको विभत्स हत्या

‘पैसाको बचत भएको छ’, हेटौँडा–४ की सुजता मैनालीले भने– ‘फोहरको गाडीमा कपडा हाल्न कस्तो माया लाग्थ्यो, राख्ने ठाँउसम्म हुन्नथ्यो तर बल्ल यसको सदुपयोग भएको छ ।’

कमेन्ट गर्नुहोस्