आइफोन सेभेन पाएपछि नामै परिवर्तन

एजेन्सी । युक्रेनमा एकजना युवकले कानूनीरुपमै आफ्नो नाम आइफोन सेभेन राखेका छन् । ती क्रेजी युवाले आफ्नो हुँदाखाँदाको नाम परिवर्तन गरी नाथे आइफोन सेभेन राख्नुको अनौठो कारण छ, त्यो हो सित्तैमा आइफोन सेभेन पाएकोले ।

एपीका अनुसार २० वर्षे अलेक्जेन्डर टुरिनले आफ्नो नाम आइफोन सिम राखेका छन् । युक्रेनी भाषामा त्यसको अर्थ आइफोन सेभेन भन्ने हुन्छ । आइफोन सेभेन प्रमोशनका लागि पछिल्लो समयमा घोषित नीतिको फाइदा उठाउन उनले यसो गरेका हुन् ।

जसअनुसार आफ्नो नाम परिवर्तन गरी आइफोन सेभेन राख्ने पहिलो ५ जनालाई उक्त फोन निःशुल्क दिइने उल्लेख छ । स्मरण रहोस्, आइफोन सेभेनको मूल्य युक्रेनमा झण्डै साढे ८ सय डलर अर्थात झण्डै ९० हजार पर्छ ।

तर, कानूनी रुपमा नाम परिवर्तन गर्न केवल २ डलर शुल्क तिरे पुग्दछ । ती युवकले आफ्नो नाम परिवर्तन गरेर आइफोन सेभेन राख्ने हठात् निर्णयबाट उनका साथीभाई तथा परिवार सुरुमा त स्तब्ध भए तर अहिले भने उनलाई सहयोग गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्