आफ्नो सवै व्यवसायबाट अलग हुने ट्रम्पको घोषणा

वासिङटन,  मङ्सिर १७ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो संपूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना सार्वजनिक गरेका हुन् ।

याे पनि पढ्नुस  अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा नेपालीहरु आत्तिएर फोन गर्छन्

ट्विटमा लेखिएको छ, ’डिसेम्बर १५का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सञ्चालनमा म केन्द्रित रहन सकुँ ।’

उनले आफ्नो व्यवसाय छोड्नु पर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन्।

याे पनि पढ्नुस  अँगालोमा बेरिएर 'किस' गर्दै ट्रंप-किम (भिडियोसहित)

केहीगरी स्वार्थ बाझिएमा दुवैतर्फ अफ्ट्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरे ।

आउँदो जनवरी २० तारिखदेखि उहाँले राष्ट्रपतिको जिम्मेबारी लिने कार्यक्रम छ । त्यस अगाडी नै उनले राष्ट्रपतिको मात्रै जिम्मेबारीमा रहने बताएका छन् । रासस

कमेन्ट गर्नुहोस्